दूधमा आत्मनिर्भर बन्दै इलाम



हाम्रो इकोनोमि

इलाम दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा आर्थिक वर्ष २०७३–७४ मा एक लाख २३ हजार ७०० मेट्रिक टन दूध उत्पादन भएको छ ।

जिल्ला पशुसेवा कार्यालयले तयार गरेको आव २०७३–७४ को प्रतिवेदनअनुसार अघिल्लो आवको तुलनामा गत आवमा दूध उत्पादन करिब अढाइ प्रतिशतले बढेको हो ।

जिल्ला पशुसेवा कार्यालयका पशुसेवा प्राविधिक डिकबहादुर कार्कीले दूधबाट मात्र जिल्लाभरका किसानले रु चार अर्ब ७० करोड छ लाख आम्दानी गरेको बताउनुभयो । गाई, भैँसी, चौँरीसमेतबाट जिल्लामा प्रशस्तै आम्दानी हुने गरेको छ ।

जिल्ला पशुसेवा कार्यालयले गतवर्ष जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । दूध उत्पादन वृद्धि गर्न कार्यालयले किसानलाई गोठ सुधार कार्यक्रम, नश्ल सुधार कार्यक्रम, अनुदानमा उन्नत जातका घाँस वितरण र विभिन्न कार्यक्रमका लागि अनुदानका कार्यक्रम सञ्चालन गरेपछि दूध उत्पादन वृद्धि हुन गई इलाम दूधमा आत्मनिर्भर बनेको हो ।

यहाँ उत्पादित दूधको मूल्य वृद्धि गर्न किसान हौसिएका छन् । दूधबाट घ्यू, छुर्पी, पनिर, ललीपप, चिजजस्ता दुग्धजन्य पदार्थ उत्पादन गरी त्यसबाट आम्दानी लिने गरेका छन् । उत्पादित दूधमध्ये २० प्रतिशत कच्चीरूपमा विराटनगर दुुग्ध वितरण आयोजनामा र अन्य निजी डेरी उद्योगमार्फत जिल्ला बाहिर निकासी हुने गरेको कार्यालयले जनाएको छ ।

जिल्लाका विभिन्न गाउँमा २३० वटा हाते डेरी सञ्चालनमा रहेको पशुसेवा कार्यालयले जनाएको छ । घरेलु डेरीले मुख्यगरी घ्यू, छुर्पी उत्पादन गरिरहेका छन् । इलाममा उत्पादित छुर्पी अमेरिका र युरोपमासमेत निर्यात हुने गरेको छ । सरकारी र निजी गरी जिल्लामा २४ वटा चिज कारखाना सञ्चालनमा छन् । गत आवमा रु २२ करोड ८० लाखको ४५६ मेट्रिक टन चिज, रु ५१ करोड चार लाख बराबरको ९२८ मेट्रिक टन घ्यू तथा रु २२ करोड २७ लाख ५० हजारको २९७ मेट्रिक टन छुर्पी उत्पादन भएको प्राविधिक कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण...