अवैध रुपमा उत्पादन गरिएको गाँजा फँडानी गर्न शुरु



हाम्रो इकोनोमि

उदयपुरको पश्चिमी पहाडी क्षेत्रको रुपाटार, ओख्ले, सिरीसे, लेखगाउँ, हर्देनी, लिम्पाटार, ठानागाउँ, ताम्लिछा क्षेत्रमा अवैध रुपमा उत्पादन गरिएको गाँजा खेती प्रहरीले फँडानी शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी सहितको नेतृत्व र सहभागितामा सो क्षेत्रका अवैध गाँजा फँडानी कार्य शुरु गरेको बताइएको छ । शनिबारदेखि ७० भन्दा बढी नेपाल प्रहरी तथा सशस्त्र प्रहरी शक्तिको उपस्थितिमा सो क्षेत्रमा व्यापक रुपमा गाँजा फँडानी कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नवराज भट्टले बताउनुभयो ।

सो क्षेत्रमा वर्षेनी अवैध रुपमा गाँजा खेती हुँदै आएको र यस वर्ष पनि धेरै स्थानमा गाँजा खेती रहेको कारण अवैध गाँजा नष्ट गर्न प्रहरी परिचालन गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
६ महिनामा वीरगन्ज हुँदै ७ अर्ब ६४ करोडको दलहन भित्रियो

    वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ७ अर्ब ६४ करोड...

६ महिनामा २० अर्बको धानचामल आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा...

उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा

    सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ ।...

तराई–मधेशका उखु किसानको काठमाडौं केन्द्रित प्रदर्शन

    सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले...