अवैध रुपमा उत्पादन गरिएको गाँजा फँडानी गर्न शुरु



उदयपुरको पश्चिमी पहाडी क्षेत्रको रुपाटार, ओख्ले, सिरीसे, लेखगाउँ, हर्देनी, लिम्पाटार, ठानागाउँ, ताम्लिछा क्षेत्रमा अवैध रुपमा उत्पादन गरिएको गाँजा खेती प्रहरीले फँडानी शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी सहितको नेतृत्व र सहभागितामा सो क्षेत्रका अवैध गाँजा फँडानी कार्य शुरु गरेको बताइएको छ । शनिबारदेखि ७० भन्दा बढी नेपाल प्रहरी तथा सशस्त्र प्रहरी शक्तिको उपस्थितिमा सो क्षेत्रमा व्यापक रुपमा गाँजा फँडानी कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नवराज भट्टले बताउनुभयो ।

सो क्षेत्रमा वर्षेनी अवैध रुपमा गाँजा खेती हुँदै आएको र यस वर्ष पनि धेरै स्थानमा गाँजा खेती रहेको कारण अवैध गाँजा नष्ट गर्न प्रहरी परिचालन गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चैते धानको न्यूनतम समर्थन मूल्य तोकियो

    बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरिएको छ ।

रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

     प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन

चितवन दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

  माननीय कृषिमन्त्री श्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१