एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने तयारी छ । गत सोमबार बसेको सचिवालय बैठकमा कार्यविभाजन प्रस्ताव भएको थियो । तर त्यस दिन नेताहरुको सम्बोधनमै समय सकिएकाले थप निर्णय भएन । एक पदाधिकारीका अनुसार भोलि बस्ने सचिवालय बैठकले प्रस्तावित कार्यविभाजन पारित गर्नेछ । प्रस्तावित कार्ययोजना अनुसार उपाध्यक्ष, महासचिव र उपमहासचिवहरुलाई अरु जिम्मेवारी दिएर सचिवहरुलाई भूगोलको इन्चार्ज तोक्ने तयारी छ ।

सचिवहरु शेरधन राईलाई कोशी, महेश बस्नेतलाई बागमती, खगराज अधिकारीलाई गण्डकी, यमलाल कँडेललाई कर्णाली र छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेशको इन्चार्ज प्रस्ताव गरिएको छ । मधेश र सुदूरपश्चिम इन्चार्ज पदाधिकारी बाहेकका नेतालाई तोकिएको छ । लिलानाथ श्रेष्ठलाई मधेश र दामोदर भण्डारीलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएको छ ।

उपाध्यक्ष र उपमहासचिवहरुलाई विभागीय संयोजक तोकिएको छ । उपाध्यक्ष रामबहादुर थापालाई सुशासन र सेवा प्रवाह सम्बद्ध विभागहरु, विष्णुप्रसाद पौडेललाई पार्टी सम्बद्ध विभागहरु, पृथ्वीसुब्बा गुरुङलाई सामाजिक विकास सम्बद्ध विभागहरु, रघुजी पन्तलाई मानवश्रोत विभाग सम्बद्ध विभागहरुको संयोजन गर्ने जिम्मेवारी प्रस्ताव गरिएको छ । महासचिव शंकर पोखरेललाई पार्टीको संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिने तयारी भएको छ । उपमहासचिव लेखराज भट्टलाई नीति तथा योजना विभाग प्रमुख, रघुबीर महासेठलाई कृषि तथा उद्यमशील सम्बद्ध विभागहरु र योगेश भट्टराईलाई नीति तथा योजना सम्बद्ध विभागहरु प्रस्ताव गरिएको छ ।

सचिव पद्या अर्याललाई संसदीय मामिला विभाग, भानुभक्त ढकाललाई संगठन, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज र हिक्मत कार्कीलाई राष्ट्रिय हित तथा सुरक्षा विभाग प्रमुख प्रस्ताव गरिएको छ । पदाधिकारी नभएपनि प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ, विशाल भट्टराईहरुले महत्वपूर्ण विभागको जिम्मेवारी पाएका छन् । ज्ञवालीलाई विदेश विभाग, तामाङलाई स्कूल र भट्टराईलाई जनसंगठन समन्वय संयन्त्रको प्रमुख प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...