विद्या भण्डारी र केपी ओलीबीच २ घण्टा लामो छलफल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेमा नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको अभियान चलिरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार २ घण्टाभन्दा लामो छलफल भएको छ ।

गुण्डु पुगेकी भण्डारीले पत्थरीको शल्यक्रियापछि आराम गरिरहेका ओलीलाई निवासमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको बताइएको छ । भण्डारी ओली अस्पतालमै रहेका बेला पनि भेट्न गएकी थिइन् । एमालेमा सक्रिय हुन चाहे पनि ओलीका कारण सदस्यता स्थगनको अवस्थामा रहेका बेला भण्डारीले फेरि पनि एमालेको विकास र विस्तारमा आफ्नो क्षमता लगाउने घोषणा गर्दै आएकी छन् ।

एमालेमा पदाधिकारीहरुकै तहबाट ओलीलाई राजीनामा गराएर पार्टी पुनर्गठनको प्रयास भइरहेका बेला उनीहरुले भण्डारीसँग पनि पटकपटक छलफल गरेका छन् । आइतबार गुण्डुमा पछिल्लो अवस्थाका बारेमा पनि पूर्वराष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री ओलीबीच गम्भीर छलफल भएको बताइएको छ । एमालेमा भइरहेका पछिल्लो भेला तथा नेताहरुका अभियानको बारेमा पनि दुई नेताबीच समीक्षा भएको भण्डारीनिकट स्रोतले जनायो । पछिल्लो समय ओली र भण्डारीबीच चिसिएको सम्बन्धमा सुधार आएको बताइन्छ ।

ओलीले नेतृत्व छाड्ने अवस्थामा अहिलेका पदाधिकारीबाट कोही पनि विकल्प नरहेको भन्दै एकथरी नेताले अन्तरिम अवधिका लागि भने पनि विद्या भण्डारीको नेतृत्वमा पार्टीलाई पुनर्गठन गर्नुपर्ने बताउँदै आएका छन् । भण्डारी पनि एकपटक एमालेको नेतृत्व लिन इच्छुक छन् । तर त्यसका लागि ओलीकै प्रस्ताव र समर्थन आवश्यक रहेको महसुस गरेरै उनले ओलीसँगको भेट र छलफल बाक्लो बनाएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...