४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ



हाम्रो इकोनोमि

 

 

काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी डलर फेला परेको छ ।  रसुवाको उत्तरगया गाउँपालिका–५, बेत्रावती बजारस्थित पासाङल्हामु सडकखण्डबाट प्रहरीले ती युवकलाई समातेको हो । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५, घर भएका ३७ वर्षीय सुशिल गुरुङ छन् । 

उनी बा.प्र.०१–००६ ख ९५१५ नम्बरको यात्रुवाहक बसमा चढेर टिमुरे जाँदै थिए । तर, विशेष सूचनामा आधारमा खटिएको प्रहरी टोलीले बस रोकेर चेकजाँच गर्दा उनको साथबाट डलर बरामद भएको हो । गुरुङलाई राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...