४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ



हाम्रो इकोनोमि

 

 

काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी डलर फेला परेको छ ।  रसुवाको उत्तरगया गाउँपालिका–५, बेत्रावती बजारस्थित पासाङल्हामु सडकखण्डबाट प्रहरीले ती युवकलाई समातेको हो । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५, घर भएका ३७ वर्षीय सुशिल गुरुङ छन् । 

उनी बा.प्र.०१–००६ ख ९५१५ नम्बरको यात्रुवाहक बसमा चढेर टिमुरे जाँदै थिए । तर, विशेष सूचनामा आधारमा खटिएको प्रहरी टोलीले बस रोकेर चेकजाँच गर्दा उनको साथबाट डलर बरामद भएको हो । गुरुङलाई राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...