एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक



हाम्रो इकोनोमि

 

 

एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ । पार्टी उपमहासचिव लेखराज भट्टले साैहार्दतापूर्वक बैठक सम्पन्न भएकाे दाबी गरेका छन् । उनका अनुसार चार दिनसम्म सचिवालयका सदस्यहरुले धारणा राखेका थिए । बैठकमा पार्टीभित्रका समस्या समाधानका लागि गहन छलफल गरिएकाे थियाे ।

सचिवालय बैठकले असार दोस्रो साताका लागि केन्द्रीय कमिटी बैठक बोलाउनेलगायतका निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकता कायम गरेर अगाडि बढ्न निर्देशन निर्देशन दिएका थिए । बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठनसम्बन्धी समीक्षा सुधारका लागि समिति गठन गर्ने निर्णय पनि गरेको छ । यस्तै गरी असार दोस्रो साता अध्यक्ष र महासचिवको परामर्शमा केन्द्रीय कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...