गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने



हाम्रो इकोनोमि

 

 

आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले समारोहमा सम्वोधन गर्न अनुरोध गर्दै राष्ट्रपतिलाई पत्राचार गरेको छ । स्रोतका अनुसार मन्त्रिपरिषदबाटै यस विषयमा राष्ट्रपतिलाई पत्राचार गर्ने निर्णय भएको थियो । त्यसैअनुसार मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्र पुर्‍याएका हुन् ।

प्रधानमन्त्री कार्यालयबाट अनौपचारिकरूपमा पनि राष्ट्रपतिलाई अनुरोध भइरहेको स्रोतले बतायो । गणतन्त्रको प्रतीक राष्ट्रपति भएको हुँदा उनले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले पत्र आएको पुष्टि गरेका छन् । विगतमा काठमाडौं महानगरपालिकाको मेयर छँदा पनि बालेनले गणतन्त्र दिवसको विशेष समारोह बहिष्कार गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...