गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने



हाम्रो इकोनोमि

 

 

आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले समारोहमा सम्वोधन गर्न अनुरोध गर्दै राष्ट्रपतिलाई पत्राचार गरेको छ । स्रोतका अनुसार मन्त्रिपरिषदबाटै यस विषयमा राष्ट्रपतिलाई पत्राचार गर्ने निर्णय भएको थियो । त्यसैअनुसार मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्र पुर्‍याएका हुन् ।

प्रधानमन्त्री कार्यालयबाट अनौपचारिकरूपमा पनि राष्ट्रपतिलाई अनुरोध भइरहेको स्रोतले बतायो । गणतन्त्रको प्रतीक राष्ट्रपति भएको हुँदा उनले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले पत्र आएको पुष्टि गरेका छन् । विगतमा काठमाडौं महानगरपालिकाको मेयर छँदा पनि बालेनले गणतन्त्र दिवसको विशेष समारोह बहिष्कार गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...