‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न



हाम्रो इकोनोमि

 

विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन, साधना र अभ्यास गराउँदै आएको गीता परिवारले नेपालमा यहि मिति २०८३ बैशाख २७ गते (१० मई २०२६) आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल काठमाडौँमा आयोजना गरेको “गीता मैत्री मिलन कार्यक्रम २०८३” झण्डै २००० भन्दा बढीको प्रत्यक्ष सहभागीता एवं देश विदेशमा रहनु भएका लाखौँ लाख साधक, सेवीहरूको अप्रत्यक्ष सहभागीतामा “गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ” भन्ने मूल नारासहित कमलादी गणेशस्थानबाट शोभायात्रा भई प्रज्ञा भवन पुगेर भव्य एवं ऐतिहासिक रुपमा सुसम्पन्न भएको छ ।

गीता परिवारका संस्थापक, श्रीरामजन्मभूमि तीर्थक्षेत्र न्यास अयोध्याका कोषाध्यक्ष परमपूज्य स्वाम गोविन्ददेवगिरि जी महाराजज्यूको पावन सान्निध्य, गीता परिवारका अन्तर्राष्ट्रिय कार्याध्यक्ष डा। आशू गोयलज्यू, गीता परिवार नेपालका संरक्षक, उच्च पदाधिकारी तथा साधकहरूको उपस्थिति रहेको उक्त कार्यक्रम आध्यात्मिक तथा नैतिक जागरणलाई केन्द्रमा राखेर आयोजना भएको र कार्यक्रमले नेपालमा गीताको प्रचार प्रसार, आम सर्वसाधारणमा गीता प्रतिको चेतना फैलाउन सफल भएको छ । कार्यक्रममा गीता परिवारका संस्थापक, श्रीरामजन्मभूमि तीर्थक्षेत्र न्यास अयोध्याका कोषाध्यक्ष परमपूज्य स्वामी गोविन्ददेवगिरि जी महाराजज्यूले आशिर्वाद प्रदान गर्नु हुँदै गीता एउटा पुस्तक मात्र नभर आमा भएको बताउनु भयो, आमाले जसरी बच्चाको पालन पोषण गर्दछिन् त्यसैगरी गीतामाताले पनि सबैको पालन पोषण गर्ने बताउनु हुँदै जीवनमा कुनै पनि कठिनाइ आइपर्दा गीतामातालाई अघि राखेर प्रार्थना गरेमा सहजै पार पाउन सकिने भगवान् श्रीकृष्णबाट आम सर्वसाधारणको मुक्तिका लागि प्रदान भएको अमृत बताउनुभयो ।

नेपालमा गीता परिवारले आयोजना गरेको कार्यक्रम यति भव्य र सव्य रुपमा आयोजना भएकोमा खुशी व्यक्त गर्दै भगवान् पशुपतिनाथको पावन भूमि नेपाल आमाको काखमा गीतामाताको सन्देश दिन पाएकोमा धन्यवाद दिनुभएको थियो । कार्यक्रममा गीता मैत्रि मिलन कार्यक्रम मूल समारोह समितिका अध्यक्ष श्री जय किसन सारडाज्यूले स्वागत गर्नु हुँदै गीता परिवारको संक्षिप्त जानकारी गराउँदै परम श्रद्धेय संत स्वामी गोविंददेव गिरीजी महाराजको पावन आशीर्वाद र स्व ओंकारनाथ मालपानीको मार्गदर्शन बाट ४० वर्ष पूर्व प्रारम्भ भएको गीता परिवार भारतका २८ प्रान्तमा मात्र नभएर विश्वका १८२ देशमा फैलिएको छ र नेपाल नै पहिलो गीता परिवारको अन्तराष्ट्रिय शाखामा दर्ज भएको बताउनुभयो ।
नेपालमा कोरोनाको महामारीको समयमा विजारोपण भएको गीता परिवार नेपालले आफ्नो स्थापनाको छैटौँ वसन्त पार गरेको बताउनु भयो । वहाँले नेपालको भौगोलिक विकटता र प्राविधिक चुनौती, गाउँ गाउँमा इन्टरनेटको समस्या आदिका बाबजुद पनि गाउँ–बस्ती तथा नगरसम्म गीताको चेतना विस्तार गर्नु नै हाम्रो अभियानको मुख्य लक्ष्य रहेको बताउनु भयो ।

गीता परिवार नेपालका संस्थापक एवम् संरक्षक श्री जय किशन सारडाको अध्यक्षतामा मुल समारोह समिति र संस्थाका अध्यक्ष श्रीमती सारिका अग्रवालज्यू, उपाध्यक्ष श्री गुणराज पोखरेल, श्रीमती बबिता लखोटिया, सचिव श्री राम प्रसाद अधिकारीज्यू, कोषाध्यक्ष श्री संजय अटल सहित पदाधिकारी, कार्यसमिति सदस्य, गीता प्रशिक्षक, गीतासेवीहरु रहनु भएको विभिन्न समिति, उपसमितिहरुको स्वत स्फूर्त सक्रिय सहभागीता एवं सहयोगमा सम्पन्न भएको छ ।

कार्यक्रममा गीता परिवारका अन्तर्राष्ट्रिय कार्याध्यक्ष डा आशू गोयलज्यू, गीता परिवार नेपालकी अध्यक्ष श्रीमती सारिका अग्रवालज्यूले पनि सम्बोधन गर्नु भएको थियो, कार्यक्रममा गीता परिवार नेपालका उपाध्यक्ष श्री गुणराज पोख्रेलज्यूले धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रमको संचालन गीता परिवारका सचिव श्री रामप्रसाद अधिकारी, का.स.सदस्य श्रीमती स्वर्णा शर्मा आचार्य, श्रीमती सिर्जना वाग्ले, श्री पशुपति तामाङले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

    नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका...

प्रधानमन्त्रीको खोजी गर्दै संसद्‍मा नाराबाजी

    विपक्षी सांसदहरूले संसद्‍मा प्रधानमन्त्रीको खोजी गर्दै नाराबाजी गरेका छन् । प्रधानमन्त्री...

भाग्दै गर्दा सिन्धुलीबाट पक्राउ परेका थिए ज्योति पाण्डे

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले ठगी तथा आपराधिक विश्वासघातको...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

    प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले हंगामा सिर्जना गरेका छन् । प्रधानमन्त्री वालेन्द्र...