बूढीगण्डकी प्रभावित पनि मतदान गर्न सहमत



हाम्रो इकोनोमि

बूढीगण्डकी प्रभावित आफ्नो माग सम्बोधन नभएसम्म नो भोट भनेर बसेका अवस्थामा अब जलविद्युत् परियोजना निर्माणसँगै उचित मुआब्जा र क्षतिपूर्ति दिनेलाई भोट दिन सहमत भएका छन् ।

चुनावी चहलपहल बढेका बेला उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित आरुघाट बजारवासी अन्योलमा भएको अवस्थामा उम्मेदवारले मतदातासँग भेटेर यसअघि बजार क्षेत्रको मुआब्जा निर्धारण गर्न नसकेकामा माफी माग्दै उचित मूल्यांकन गर्न र तत्काल मुआब्जा दिन प्रतिबद्धता जनाएपछि मतदान गर्न सहमत भएको आरुघाटका कमलनारायण श्रेष्ठले बताउनुभयो ।

बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण गर्दा डुबानपर्ने क्षेत्रमध्ये अन्य क्षेत्रको मुआब्जा निर्धारण भएको र आरुघाट र खहरे क्षेत्रको अझैसम्म पनि मुआब्जा निर्धारण नभएपछि बजारवासी आक्रोसित भएका थिए ।

मुख्य बजारबाहेक अन्यन्त्रको मुआब्जा निर्धारण गरेर मुआब्जा पाइसके समस्या भोगिरहेको आरुघाटवासीलाई राजनीतिक दल र सरकारले वास्ता नगरेको बजारवासीको आरोप छ । “हाम्रो कुनै पनि माग सरकारले सुनेन । हामीलाई न्याय चाहियो ।” आरुघाटबजारका सुशील अधिकारीले भन्नुभयो ।

यहाँको मुआब्जा अझै सरकारले निर्धारण गरेको छैन अन्य स्थानका प्रभावितले मुआब्जा पाइसकेका छन् । आरुघाट, धादिङ र गोरखाको क्षेत्रमा करिब एक हजार घरधुरी रहेको छ । खहरे बजारमा ३०० घरधुरी छ । यहाँको घर र जग्गाको उचित मूल्य निर्धारण गर्नुपर्ने, बजारको पुनर्वासको व्यवस्था गर्नुपर्ने, रिङरोड बनाउनुपर्ने, मुआब्जाको रकम समयमै वितरण गर्नुपर्नेगायत माग भोट माग्न आउने उम्मेदवारसँग राखिरहेको आरुघाटका व्यवसायी बिलप्रसाद श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रित्तो सिलिन्डर बोकेर बालेन सरकारविरुद्ध प्रदर्शन

  खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर...

भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...