पशु चौपायाको मूल्यमा कमी



हाम्रो इकोनोमि

भारततर्फ पशु चौपायाको निकासी ठप्प भएपछि नेपालमा पशु चौपायाको मुल्य ह्वात्तै घटेको छ ।

पशु चौपायाको आधाभन्दा बढी मूल्य घटेको पशु व्यापारीले बताएका छन् । भारतले विहार र पश्चिम बंगालमा खुला गौबधमा प्रतिबन्ध लगाएका कारण गाइ, गोरु, बाछा, बाछीको मूल्य घटेको हो । मूल्य घटेपछि पशुपालक किसान मारमा परेका छन् ।

कोनेपोखरीका पशु व्यापारी मानबहादुर पोख्रेल रु ६० हजार मूल्य पर्ने लैनो गाईको मूल्य घटेर रु ३० हजार पुगेको बताउनुहुन्छ । नेपालबाट पशु चौपाया प्रायः भन्सार छलेर भारततर्फ निकासी गरिन्छ ।

पशु क्वारेन्टाइन विराटनगरका नासु मोहम्मद मुस्तफा पशु चौपाया राति भारत बिक्रीका लागि लग्ने गरिएको बताउनुहुन्छ । अहिले बेतौना र सुनसरीको जुद्धगञ्जको सडक बाढीले भत्काएपछि चोरी निकासी रोकिएको उहाँको भनाइ छ ।

“जंगलमा लगेर छोड्नुपर्ने अवस्था आएको छ,” पशु व्यापारी जब्बरबहादुर यादवले भन्नुभयो । भारतमा बधशाला सञ्चालनको अनुमति पाएकाबाहेकले पशु चौपाया काट्न पाइदैन ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार तीन वर्षयता पशु चौपायको निकासी वर्षेनी घट्दै गएको छ । कार्यालय प्रमुख कृष्ण रेग्मीका अनुसार आव २०७०÷७१ मा रु २३ करोड १८ लाख ७५ हजार बराबरको पशु चौपाया निर्यात भएकामा आव २०७१÷७२ मा रु २२ करोड ६० हजारको निर्यात भएको थियो ।

आव २०७२÷७३ मा रु २० करोड ६७ लाख ६३ हजार बराबरको पशु चौपाया निर्यात भएको थियो भने आव २०७३÷७४ को पुस मसान्तसम्ममा रु दुई करोड ८९ लाख ८४ हजारको पशु चौपाया निर्यात गरिएको छ । आव २०७३÷७४ को पुस मसान्तसम्ममा रु चार करोड ५८ लाख ३५ हजारको पशु चौपाया आयात भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...