राउटे तरकारी खेतीतर्फ आकर्षित



हाम्रो इकोनोमि

पछिल्लो समय राउटे समुदाय तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

सरकारले राउटेका लागि घरबासको व्यवस्था गरी पुनःस्थापना गरेसँगै उनीहरु आफ्ना परम्परालाई छोडी विभिन्न व्यवसायमा लागेका छन् । राउटे समुदाय जंगलको बास, ओढार र खानेकुरामा भ्याकुर, गिठा, तरुल र वन्यजन्तुको शिकार गर्न छोडी खेतीपाती र तरकारी खेतमा लागेका हुन् ।

पछिल्लो समय परशुराम नगरपालिकाको आमपानीमा बस्दै आएका राउटे छन् । मनग्य आम्दानी हुन थालेपछि राउटे व्यावसायिक रुपमै तरकारी खेती गर्न थालेका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । उनीहरु घर–घरमा आधुनिक प्लास्टिकका घर निर्माण गरी तरकारी खेती गर्न थालेका छन् ।

स्थानीयवासी दिलबहादुर राउटे विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा गोलभेँडा, काँक्रा, फर्सी, काउलीलगायत तरकारी उत्पादन गर्न थालेको बताउनुहुन्छ । उनीहरु तरकारी बिक्री गरेर घर खर्चका साथै रकम बचत समेत गर्न थालेका छन् । आमपानीमा ३५ घरपरिवार राउटेमध्ये करिब २५ परिवार खेतीपातीसँगै तरकारीखेतीमा लागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
६ महिनामा वीरगन्ज हुँदै ७ अर्ब ६४ करोडको दलहन भित्रियो

    वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ७ अर्ब ६४ करोड...

६ महिनामा २० अर्बको धानचामल आयात

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा...

उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा

    सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ ।...

तराई–मधेशका उखु किसानको काठमाडौं केन्द्रित प्रदर्शन

    सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले...