राउटे तरकारी खेतीतर्फ आकर्षित



हाम्रो इकोनोमि

पछिल्लो समय राउटे समुदाय तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

सरकारले राउटेका लागि घरबासको व्यवस्था गरी पुनःस्थापना गरेसँगै उनीहरु आफ्ना परम्परालाई छोडी विभिन्न व्यवसायमा लागेका छन् । राउटे समुदाय जंगलको बास, ओढार र खानेकुरामा भ्याकुर, गिठा, तरुल र वन्यजन्तुको शिकार गर्न छोडी खेतीपाती र तरकारी खेतमा लागेका हुन् ।

पछिल्लो समय परशुराम नगरपालिकाको आमपानीमा बस्दै आएका राउटे छन् । मनग्य आम्दानी हुन थालेपछि राउटे व्यावसायिक रुपमै तरकारी खेती गर्न थालेका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । उनीहरु घर–घरमा आधुनिक प्लास्टिकका घर निर्माण गरी तरकारी खेती गर्न थालेका छन् ।

स्थानीयवासी दिलबहादुर राउटे विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा गोलभेँडा, काँक्रा, फर्सी, काउलीलगायत तरकारी उत्पादन गर्न थालेको बताउनुहुन्छ । उनीहरु तरकारी बिक्री गरेर घर खर्चका साथै रकम बचत समेत गर्न थालेका छन् । आमपानीमा ३५ घरपरिवार राउटेमध्ये करिब २५ परिवार खेतीपातीसँगै तरकारीखेतीमा लागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

पोल्ट्री व्यवसायीको माइतीघरमा आन्दोलन

    पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । साना किसानको विस्थान बन्द गर्नु...

९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...