दाहखानीमा बिजुली



हाम्रो इकोनोमि

विकट क्षेत्र दाहखानीमा पहिलोपटक बिजुली बलेको छ । बिजुली बलेसँगै स्थानीयवासी खुशी भएका छन् ।

इच्छाकामना गाउँपालिका–७ मा बिजुली पु¥याइएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो । सो गाउँमा पहिलो चरणमा ४५ वटा मिटर वितरण गरी उपभोक्तालाई विद्युत् सेवा उपलब्ध गराइएको छ ।

सांसद विकास कोषमार्फत पूर्वाधार निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण रत्ननगर वितरण केन्द्रले सो क्षेत्रमा विद्युतीकरण कार्यक्रममार्फत बिजुली पु¥याएको हो । मिटर वितरणदेखि अन्य कार्य विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमार्फत हुने पौडेलले बताउनुभयो । उक्त क्षेत्रका बासिन्दा विद्युत् नपुग्दा टुकी र सोलार प्रयोग गर्दै आइरहेका थिए ।

विद्युतीकरणका लागि सांसद विकास कोषमार्फत रु १० लाख उपलब्ध गराएको क्षेत्र नं ३ का सांसद कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
तत्काल निगमको डिपो स्थानान्तरण गर्न स्थानीयबासीको माग

    घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल

    नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका...

बक्यौता रकम असुल्ने कुलमानको पहिलो निर्णय

    नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई...

रुपन्देहीमा नेपाल आयल निगमको आधुनिक इन्धन डिपो बन्ने

   रुपन्देहीमा नेपाल आयल निगमको आधुनिक इन्धन डिपो बन्ने भएको छ । आयल...