युवा नेता सुशिल थापा पहिलो नम्बरमा सिफारिस



आगामी मंसिर २१ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि दैलेखको क्षेत्र नम्बर दुई अन्तर्गत दुल्लू भैरवी प्रदेश क्षेत्रबाट एमाले युवा नेता सुशिल थापा पहिलो नम्बरमा सिफारिस भएका छन् ।

क्षेत्रीय कमिटीले उम्मेदवार छनौट गर्न सम्पन्न गरेको निर्वाचनमा उनी सबैभन्दा बढी मत ल्याएर पहिलो नम्बरमा सिफारिस भएका हुन् ।

दुल्लू नगरपालिकाको कालभैरव निवासी थापा एमाले युवामाझ शालिन, जुझारु, उर्जावान व्यक्तित्वका रुपमा परिचित छन् । एमाले जिल्ला कमिटी सदस्य हुनु अघि उनी अनेरास्ववियूको केन्द्रीय सदस्य, सुर्खेत क्याम्पस शिक्षाको स्ववियू सचिव थिए ।
उनले दुल्लू क्षेत्रका एमाले नेता कार्यकर्ताले पार्टीप्रति वफादार युवा व्यक्तिलाई उम्मेदवार बनाउन चाहेकाले आफू छनौटमा परेको प्रतिक्रिया दिए ।

क्षेत्रीय कमिटीबाट सिफारिस भएपछि एमाले प्रदेश कमिटीले उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ । प्रदेशले लगाउन नसके माथिल्लो कमिटीले टुंग्याउने एमालेले जनाएको छ ।

उक्त प्रदेश क्षेत्रबाट एमाले केन्द्रीय प्रचार सचिव विष्णु रिजाल पनि छनौटमा परेका छन् ।  त्यस्तै, आठबीस, चामुण्डा विन्द्रासैनी प्रदेश क्षेत्रबाट एमालेका पाका नेता सूर्यबहादुर शाही र राजबहादुर शाही छनौटमा परेका छन् । दैलेखको निर्वाचन क्षेत्र नम्बर २ बाट संघ अर्थात् प्रतिनिधिसभामा वैकल्पिक केन्द्रीय सदस्य राजबहादुर बुढा र विनोदकुमार शाहको नाम सिफारिस गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पाकिस्तानी सेनापतिसँग ह्वाइट हाउसमा ट्रम्पको लञ्च मिटिङ

    भारतले पहलगाम आतंकवादी हमलाका मास्टरमाइण्ड भनेर आरोपित गरेका पाकिस्तानी सेनापति जनरल

दूतावासद्वारा इजरायलमा रहेका नेपालीको उद्धार सुरू

    इजरायलस्थित नेपाली दूतावासले इजरायल र इरानमा रहेका नेपालीको उद्धार प्रयोजनका लागि

इरानद्वारा इजरायलमा हमला, कम्तीमा ८ जनाको मृत्यु

       इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी

गीताप्रेस नेपाल स्थापनाको १० वर्षमा प्रवेश

    गीताप्रेस नेपाल स्थापनाको प्रथम दशकको गौरवमय उत्सवको अवसरमा आयोजित श्रीलिङ्गमहापुराण र