युवा नेता सुशिल थापा पहिलो नम्बरमा सिफारिस



हाम्रो इकोनोमि

आगामी मंसिर २१ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि दैलेखको क्षेत्र नम्बर दुई अन्तर्गत दुल्लू भैरवी प्रदेश क्षेत्रबाट एमाले युवा नेता सुशिल थापा पहिलो नम्बरमा सिफारिस भएका छन् ।

क्षेत्रीय कमिटीले उम्मेदवार छनौट गर्न सम्पन्न गरेको निर्वाचनमा उनी सबैभन्दा बढी मत ल्याएर पहिलो नम्बरमा सिफारिस भएका हुन् ।

दुल्लू नगरपालिकाको कालभैरव निवासी थापा एमाले युवामाझ शालिन, जुझारु, उर्जावान व्यक्तित्वका रुपमा परिचित छन् । एमाले जिल्ला कमिटी सदस्य हुनु अघि उनी अनेरास्ववियूको केन्द्रीय सदस्य, सुर्खेत क्याम्पस शिक्षाको स्ववियू सचिव थिए ।
उनले दुल्लू क्षेत्रका एमाले नेता कार्यकर्ताले पार्टीप्रति वफादार युवा व्यक्तिलाई उम्मेदवार बनाउन चाहेकाले आफू छनौटमा परेको प्रतिक्रिया दिए ।

क्षेत्रीय कमिटीबाट सिफारिस भएपछि एमाले प्रदेश कमिटीले उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ । प्रदेशले लगाउन नसके माथिल्लो कमिटीले टुंग्याउने एमालेले जनाएको छ ।

उक्त प्रदेश क्षेत्रबाट एमाले केन्द्रीय प्रचार सचिव विष्णु रिजाल पनि छनौटमा परेका छन् ।  त्यस्तै, आठबीस, चामुण्डा विन्द्रासैनी प्रदेश क्षेत्रबाट एमालेका पाका नेता सूर्यबहादुर शाही र राजबहादुर शाही छनौटमा परेका छन् । दैलेखको निर्वाचन क्षेत्र नम्बर २ बाट संघ अर्थात् प्रतिनिधिसभामा वैकल्पिक केन्द्रीय सदस्य राजबहादुर बुढा र विनोदकुमार शाहको नाम सिफारिस गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...