चौरपाटी गाँउपालिकाको बजेट ३० करोड ४० लाख



हाम्रो इकोनोमि

चौरपाटी गाँउपालिकाको प्रथम गाँउसभाले चालू आर्थिक बर्षका लागि ३० करोड ४० लाख २४ हजार ७ सय ८८ बरावरको बजेट पारित गरेको छ ।

गाउँसभाले पारित गरेको बजेटमा पुजीगत तर्फ २० करोड ३१ लाख २ हजार रहेको छ । पारित गरेको बजेट मध्ये चालु तर्फ ४ करोड ५३ लाख ५० हजार रुपैँया रहेको छ । यस्तै ससर्त अनुदान तर्फ ९ करोड २५ लाख ८६ हजार पारित भएको छ ।

गाँउपालिकाकोे प्रथम गाँउसभाले विकास र समृद्धिलाई मध्यनजर गर्दै वार्षिक बजेट नीति तथा कार्यक्रम पारित गरेको हो । भौतिक पूर्वाधार निर्माण, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिदै बजेट पारित गरेको कार्यकारी अधिकृत खकेन्द्र खड्काले जानकारी दिए ।

बुधबार बसेको गाउँसभाले बजेटलाई दृढतापूर्वक कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षताका भएको गाउँसभाका प्रमुख अतिथी पूर्ब सभाषद् शेर बहादुर कुँवर रहनु भएको थियो । प्रमुख अतिथी कुँवरले ‘गाँउपालिकाको विकासका लागि जनता नै बढी अग्रसर हुनुपर्ने र पर्यटन विकास र वनजंगल संरक्षणमा बढी जोड दिदै आफ्नो अधिकार र कर्तब्य दुईटै पुरा गर्नुपर्ने’ सुझाब दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...