चौरपाटी गाँउपालिकाको बजेट ३० करोड ४० लाख



चौरपाटी गाँउपालिकाको प्रथम गाँउसभाले चालू आर्थिक बर्षका लागि ३० करोड ४० लाख २४ हजार ७ सय ८८ बरावरको बजेट पारित गरेको छ ।

गाउँसभाले पारित गरेको बजेटमा पुजीगत तर्फ २० करोड ३१ लाख २ हजार रहेको छ । पारित गरेको बजेट मध्ये चालु तर्फ ४ करोड ५३ लाख ५० हजार रुपैँया रहेको छ । यस्तै ससर्त अनुदान तर्फ ९ करोड २५ लाख ८६ हजार पारित भएको छ ।

गाँउपालिकाकोे प्रथम गाँउसभाले विकास र समृद्धिलाई मध्यनजर गर्दै वार्षिक बजेट नीति तथा कार्यक्रम पारित गरेको हो । भौतिक पूर्वाधार निर्माण, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिदै बजेट पारित गरेको कार्यकारी अधिकृत खकेन्द्र खड्काले जानकारी दिए ।

बुधबार बसेको गाउँसभाले बजेटलाई दृढतापूर्वक कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षताका भएको गाउँसभाका प्रमुख अतिथी पूर्ब सभाषद् शेर बहादुर कुँवर रहनु भएको थियो । प्रमुख अतिथी कुँवरले ‘गाँउपालिकाको विकासका लागि जनता नै बढी अग्रसर हुनुपर्ने र पर्यटन विकास र वनजंगल संरक्षणमा बढी जोड दिदै आफ्नो अधिकार र कर्तब्य दुईटै पुरा गर्नुपर्ने’ सुझाब दिएका थिए ।

 

प्रकाशित मिति : ५ आश्विन २०७४, बिहिबार  १२ : ३५  बजे

प्रतिक्रिया दिनुहोस
इजरायली सेनाको आक्रमणमा कम्तीमा ११० जना प्यालेस्टिनी मारिए

    गाजामा इजरायली सेनाको आक्रमणमा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन्

दोलखा समाज जापानले १ करोडको कल्याणकारी अक्षय कोष स्थापना गर्ने

    जापानमा रहेका दोलखा जिल्लाका नेपालीहरूको साझा संस्था दोलखा समाज जापानले आफ्नो

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बनमा

    थाइल्याण्डकी प्रधानमन्त्री पेटोङतार्न सिनावात्रा निलम्बनमा परेकी छिन् । थाइल्यान्डको संवैधानिक अदालतले

LG Nepal द्वारा “Affectionate Intelligence” को प्रदर्शनी भविष्यको सुरुवात अब नेपालमा

    LG Nepal ले आफ्नो विश्वव्यापी नवप्रवर्तनको अभियान “Affectionate Intelligence” लाई नेपालको