बसको डिक्कीमा मरेका खसीबोका



हाम्रो इकोनोमि

मान्छेले पैसाको लागि मरेको सिनो सम्म बेच्दारहेछन् भन्ने कुरा आजको एक घटनाले पुष्टि गर्छ । पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले काठमाडौंको नागढुंगाबाट २८ वटा मरेको खसीबोका बरामद गरेपछि यो कुरा बाहिर आएको हो ।

आज नाकाहरुमा पशुपन्छीको आयातको अवस्था अध्ययन गर्न निस्किएका मन्त्री थारु नेतृत्वको टोलीले नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बसको डिक्कीबाट २८ वटा मरेको खसीबोका बरामद गरेको हो ।

 

डिक्कीभित्रै १३ वटा ज्युँदो खसीबोका पनि भेटिएको मन्त्रीका स्वकीय सचिव रामु सिग्देलले जानकारी दिएका छन् ।

ति खसीबोका डिक्कीमा राखेर ल्याउँदा तापक्रम असन्तुलन र पर्याप्त अक्सिजनको अभावमा मरेको हुन सक्ने अनुमान गरिएको छ ।

दशैंमा काठमाडौंमा खसीबोकाको माग उच्च भएका बेला मरेका खसी बरामद भएको हो । यसरी मेरका खसीलाई मासुपसलहरुमा बेच्ने गरिएको आशंका गरिएको छ । यसअघि पनि नागढुंगाबाट पटक -पटक यस्ता मरेका खसी बरामद भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण...