बसको डिक्कीमा मरेका खसीबोका



मान्छेले पैसाको लागि मरेको सिनो सम्म बेच्दारहेछन् भन्ने कुरा आजको एक घटनाले पुष्टि गर्छ । पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले काठमाडौंको नागढुंगाबाट २८ वटा मरेको खसीबोका बरामद गरेपछि यो कुरा बाहिर आएको हो ।

आज नाकाहरुमा पशुपन्छीको आयातको अवस्था अध्ययन गर्न निस्किएका मन्त्री थारु नेतृत्वको टोलीले नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बसको डिक्कीबाट २८ वटा मरेको खसीबोका बरामद गरेको हो ।

 

डिक्कीभित्रै १३ वटा ज्युँदो खसीबोका पनि भेटिएको मन्त्रीका स्वकीय सचिव रामु सिग्देलले जानकारी दिएका छन् ।

ति खसीबोका डिक्कीमा राखेर ल्याउँदा तापक्रम असन्तुलन र पर्याप्त अक्सिजनको अभावमा मरेको हुन सक्ने अनुमान गरिएको छ ।

दशैंमा काठमाडौंमा खसीबोकाको माग उच्च भएका बेला मरेका खसी बरामद भएको हो । यसरी मेरका खसीलाई मासुपसलहरुमा बेच्ने गरिएको आशंका गरिएको छ । यसअघि पनि नागढुंगाबाट पटक -पटक यस्ता मरेका खसी बरामद भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चैते धानको न्यूनतम समर्थन मूल्य तोकियो

    बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरिएको छ ।

रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

     प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन

चितवन दुग्ध उत्पादक सहकारी सङ्घ र प्रभु बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

  माननीय कृषिमन्त्री श्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१