कानून अभावमा निर्वाचन रोकिँदैन कानूनमन्त्री



कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानूनको अभावमा देशका कुनै पनि निर्वाचन नरोकिने बताउनुभएको छ ।

पोखराबाट प्रकाशन हुने ‘समाधान’ राष्ट्रिय दैनिकको आज यहाँ आयोजित १६ औँं वार्षिकोत्सव समारोहमा उहाँले संविधानको कार्यान्वयनका लागि सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्वलाई आत्मसात् गर्दै दृढ विश्वासका साथ आवश्यक कानून निर्माणको कार्य अघि बढेको बताउनुभयो ।
सो अवसरमा व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले अबको पत्रकारिता विकास र समृद्धिका लागि र राजनीति विकासका लागि हुनुपर्नेमा जोड दिँदै सञ्चार जगत् निराशा नभई सकारात्मक सोच र धारणा अभिवृद्धि गराउनेतर्फ उन्मुख बन्नुपर्नेमा जोड दिनुभयो ।

‘समाधान’ का प्रधानसम्पादक नारायण कार्कीले आगामी दिनमा निरन्तर रचानात्मक सुझाव तथा सहयोगको माग गर्नुभयो । पत्रिकाका सम्पादक रामकृष्ण ज्ञवालीले पत्रकारिता क्षेत्रमा नै अघोषित प्रतिबन्ध जस्तो जर्जरपूर्ण अवस्थामा २०५९ असोज १ देखि समाजलाई सुसूचित गर्ने लक्ष्यका साथ सञ्चालित पत्रिकाले जनताका लागि निरन्तर पत्रकारिता गर्दै आएको बताउनुभयो ।

समाधान मिडिया प्रालिका अध्यक्ष उमानाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्षको उत्कृष्ट वितरक सम्मान कृष्ण नेपाली, उत्कृष्ट बजार सम्मान महेन्द्र ढुंगाना र उत्कृष्ट समाचारदाता सम्मान अर्जुन गिरीलाई दिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले