किसान कागतीखेतीतर्फ आकर्षित



हाम्रो इकोनोमि

मनग्य आम्दानी हुन थालेपछि दक्षिणी झापाका किसान कागतीखेतीतर्फ आकर्षित भएका छन् ।

धान वा अन्य खेती गर्नुभन्दा कागतीखेती गर्न सहज र आम्दानीका हिसाबले अब्बल भएपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । एउटा कागतीको बोटमा ५०० देखि दुई हजार दानासम्म फल्छ । गौरादह नगरपालिका–१ का किसान खुमनाथ निरौला दुई बिगाहा धानखेत मासेर कागतीखेती शुरु गरेको बताउनुहुन्छ ।

राम्रोसँग हेरचाह गर्दा एउटा कागतीको बोटबाट २५ वर्षसम्म आम्दानी लिन सकिने उहाँले बताउनुभयो । हाल उहाँले दुई बिगाहामा एक हजार ४५० कागतीको बिरुवा लगाउनुभएको छ ।

“दुई वर्षकै बोटमा अहिले २०० भन्दा बढी कागतीको दाना फलेको छ”, उहाँले भन्नुभयो । पाँच हजार दाना कागती प्रति दाना दुई रुपैयाँ ५० पैसाका दरले बिक्री गरेको उहाँले बताउनुभयो । बिरुवा लगाएको तीन वर्षदेखि कलमी बिरुवा बिक्री गर्न सकिन्छ । एउटा कलमी बिरुवा रु सयदेखि रु १५० सम्ममा बिक्री हुने गरेको निरौलाले बताउनुभयो ।

सोही स्थानका बेदनिधि निरौलाले पनि नौ कट्ठामा युरेका जातको कागतीको बिरुवा लगाउनुभएको छ । उहाँका छिमेकी खिन्द्रप्रसाद घिमिरेले १७ कट्ठामा कागतीखेती गर्नुभएको छ । अन्य बालीभन्दा कागतीखेतीबाट मनग्य आम्दानी भएको उहाँहरुले बताउनुभयो ।

गौरादह नगरपालिका–३ का तीनजना युवाले तीन बिगाहामा कागती, एक बिगाहामा बेसार र एक बिगाहामा माछापालन शुरु गरेका छन् । कुशहरि दाहाल, दीपक बराल र नारायण कार्की मिलेर ‘केडी एण्ड कृषि फार्म’ दर्ता गरी कृषि कर्ममा लागेका हुन् ।

फार्ममा विभिन्न जातका दुई हजार कागतीका बिरुवा लगाएको फार्मका सञ्चालक बरालले बताउनुभयो । किसानलाई कागतीखेतीमा आकर्षित गर्न सके वार्षिकरुपमा बाहिरिने करोडौँं रुपैयाँ रोकिने र त्यसले बढ्दो व्यापार घाटालाई पनि कम गर्ने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...

रासायनिक मलको अभाव नहुने सरकारको दाबी

    नेपालमा हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल...