बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान



हाम्रो इकोनोमि

साउन अन्तिम साता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।

सन् २०१५ मा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिएको थियो । चार वर्षको फरकमा गैँडा गणना गरिँदै आएको छ ।

बाढीको ठूलो प्रभावका कारण अवस्था पहिचान गर्न तीन वर्षमा नै गणनाको प्रस्ताव गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार वास्तविक अवस्था थाहा हुन नसके पनि गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ ।

एक वर्षमा ५० हाराहारी बच्चा जन्मने गरेको भन्दै उहाँले माउलाई समेत धेरै टाढा नदीले बगाएर पु¥याएको बताउनुभयो । बाढीका कारण प्रत्यक्षरुपमा तीन गैँडा मरेका थिए भने एउटा बाढीपछि घाँसको अभावमा चर्ने क्रममा जुधेर मरेको थियो ।

कँडेलका अनुसार बाढीले भारतको वाल्मीकि टाइगर रिजर्भ पु¥याएका आठ गैँडालाई उद्धार गरी ल्याइएको छ । एउटा अझै भारतमा रहेको बताइएको छ । नेपालतर्फ नवलपरासीको नरसहीमा एउटा र त्रिवेणीमा बच्चासहित एउटा गैँडा रहेको कँडेलले बताउनुभयो ।

निकुञ्ज हुँदै बग्ने नदी छेउछाउमा घाँसे मैदान व्यवस्थापन गरिएको छ । घाँस र पानी पाउने भएपछि गैँडा नदी छेउमा नै बस्ने गर्छन् । साना गैँडाका बच्चा आमा सँगसँगै हिँड्ने गर्छ ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गैँडाका बच्चा करिब तीन वर्षसम्म आमासँगै हिँड्ने गर्छ । यसलाई हेर्दा करिब १५० बच्चा आमासँगै रहेको अनुमान गरिएको छ ।

गत साउनमा अबिरल वर्षसँगै आएको बाढी आएपछि गैँडा बगाएको थियो । भारतीय क्षेत्रबाट उद्धार गरिएका अधिकांश गैँडा वयस्क रहेका छन् । बाढीले आफ्नो क्षेत्रभन्दा अन्यत्र पु¥याएकाले पनि निकुञ्जका गैँडा अहिले अन्योलमा परेको कर्मचारीको भनाइ छ ।

झण्डै तीन सातासम्म खान नपाएर कष्टकररुपमा रहेकाले उद्धार गरिएका गैँडा दुब्लाएर हाड छाला मात्र भएको अवस्थामा भेटिएका थिए ।

वास्तविक तथ्यांकको अवस्थालाई थाहा पाउन सन् २०१८ मा गैँडा गणना गर्नुपर्ने प्रस्ताव गर्न लागिएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । सन् २०१५ को गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका थिए । त्यसपछि बर्दियामा आठवटा र शुक्लाफाँटामा पाँच स्थानान्तरण गरिएको छ ।

बाढीले बाघसमेत बगाएको प्रत्यक्षदर्शीले जनाएको भन्दै उहाँले यसै मंसिरमा बाघ गणना गरिने भएकाले बाघको वास्तविक तथ्यांक आउने बताउनुभयो । बाढीले मांसाहारीका आहारा प्रजातिका जरायो, लगुना, मृग, बँदेल, चित्तलजस्ता जनावर एक हजारभन्दा बढी मरेको अनुमान गरिएको छ ।

बाढीबाट निकुञ्जको समग्र पर्या–पर्यावरण खलबलिएपछि यसलाई पूर्ववत् अवस्थामा ल्याउन निकुञ्ज र दातृ निकायसँग छलफल शुरु भएको कँडेलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...