मानवअधिकार उल्लंघन हुन नदिन आयोगको आग्रह



राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ मा हुन लागेको स्थानीय निर्वाचनमा मानवअधिकारको उल्लंघन हुन नदिन सबैलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा बुधबार साँझ राजविराजमा स्थानीय प्रशासन निर्वाचनका पदाधिकारी र सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उहाँले निर्वाचनमा मतदाताको सुरक्षा, मतपेटिका सुरक्षा र दलका नेता कार्यकर्ताको सुरक्षाका साथै निर्वाचन आचारसंहिताको पालना हुनुपर्नेतर्फ स्थानीय प्रशासन लाग्नुपर्ने बताउनुभयो ।

साथै, उहाँले राजनीतिक दलहरुबीच द्वन्द्व हुन नदिन र आपराधिक क्रियाकलाप रोक्नका लागि सबैलाई आग्रह गर्नुभयो । सोही कार्यक्रममा सप्तरीका मुख्य निर्वाचन अधिकृत शम्भु कोइरालाले सप्तरी जिल्लाको स्थिति समग्ररुपमा राम्रो रहेको र र राजनीतिक दल र प्रशासन र कर्मचारीबाट सहयोग भइरहेको जानकारी दिनुभयो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले सप्तरीमा निर्वाचनको अवस्था शान्तिपूर्ण रहेको र जनता पनि अत्यन्त उत्साहित भएको बताउँदै कुने आपराधिक घटना हुन नदिन सुरक्षा निकाय गम्भीरतापूर्वक लागेको बताउनुभयो ।

निर्वाचन आयोगबाट सप्तरीमा अनुगमनमा खटिएका सहसचिवद्वय रविराज रेग्मी र छवीन्द्र पराजुलीले सप्तरीमा छिटफुट घटनाबाहेक निर्वाचन आचारसंहिता उल्लंघन नभएको र सप्तरीको निर्वाचन र मतदान केन्द्रको अवस्थाबारे अनुगमन भइरहेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा टिकटक बन्द

    संयुक्त राज्य अमेरिकामा चिनियाँ सर्ट भिडिओ एप टिकटक बन्द भएको छ

गाजामा युद्धबिराम, विपिन पनि सकुशल रिहा हुने

    अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज २० गते इजरायलले एक अकल्पनीय

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु