मुलुकलाई समृद्धको दिशातिर बढाउनुपर्छ मन्त्री बस्नेत



सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकले प्राप्त गरेको संघीय गणतन्त्रात्मक समावेशी संविधानको जगमा टेकेर देशलाई समृद्धतर्फ अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

बनेपा ब्वाइज क्लबले आयोजना गरेको बनेपा महोत्सवको उद्घाटन गर्दै मन्त्री बस्नेतले अहिलेको संविधानलाई कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न भएको उल्लेख गर्नुभयो । पहिलो र दोस्रो चरणमा भाग नलिएका राजनीतिक दल पनि भाग लिन थालेकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “सबै दल निर्वाचनमा सहभागी भइसकेकाले अब राजनीतिक एजेण्डाको रुपमा हामीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई सिध्याएर मुलुकलाई समृद्धतिर लैजानु पर्नेछ ।” उहाँले सरकारमा राजनीतिक संक्रमणको कुरा गरेर देशलाई अल्मलाएर राख्ने कुनै पनि पार्टी, नेता नभएको समेत दाबी गर्नुभयो ।

‘त्यसको लागि अब यो पार्टी, त्यो पार्टी भनेर बस्ने बेला छैन’ उहाँले भन्नुभयो । “मन्त्री बस्नेतले अब देशलाई अगाडि बढाउन चरणबद्ध निर्वाचनलाई सम्पन्न गर्दै मुलुक आर्थिक गतिमा अघि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

सोही कार्यक्रममा मन्त्री बस्नेतले काभ्रेपलाञ्चोक जिल्लालाई ३ नं प्रदेशको राजधानी बनाउने कुरा अगाडि बढिसकेको उल्लेख गर्नुहुँदै त्यसको लागि काभ्रेका जनप्रतिनिधि र राजनीतिक दललगायत सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले त्यसको लागि आफ्नो तर्फबाट समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसैबीच मन्त्री बस्नेतले यातायात व्यवसायीले उठाउँदै आएको गाडीमा सामान राख्न छतको व्यवस्था गर्न गरिएको आग्रहलाई सरकारले स्वीकार गरेको बताउनुभएको छ ।

चाडपर्वको बेला भएकाले र यातायात व्यवसायीहरुले पनि यात्रुको सामान राख्न पाउने व्यवस्थाको लागि गाडीको छत राख्न पाउनुपर्ने कुरा उठाएका कारण सरकारले त्यसलाई सम्बोधन गरेको बताउनुभयो ।

कार्यक्रममा उद्योग राज्यमन्त्री रेशम लामाले बनेपाको पहिचानलाई संरक्षण गर्नको लागि युवा व्यवसायीले भूमिका खेल्नुपर्ने बताउनुभयो । “काभ्रेपलाञ्चोक जिल्ला धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले पनि सभ्यता बोकेको जिल्ला भएकाले यसको विकासको लागि अघि बढ्न जरुरी छ” उहाँले भन्नुभयो ।

बनेपा ब्वाइज क्लबले आयोजना गरेको कार्यक्रममा बनेपा बसपार्कबाट ¥याली तथा झाँकी प्रदर्शन गर्दै बनेपा बजार परिक्रमा गरेर कार्यक्रम स्थल उग्रेश्वर महादेव मन्दिर परिसरमा समापन गरिएको थियो ।

नेपालीको महान पर्व दशैँलाई लच्छित गरेर आयोजना गरिएको कार्यक्रममा विभिन्न व्यावसायिक प्रवद्र्धनको लागि १४२ वटा स्टल राखिएको छ । महोत्सव भदौ २८ गतेदेखि असोज १० गतेसम्म चल्नेछ ।

 

प्रकाशित मिति : २८ भाद्र २०७४, बुधबार  ०९ : ४५  बजे

प्रतिक्रिया दिनुहोस
१० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ : बास्काेटा

     सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानलाई मलको व्यवस्था गर्न

धान दिवसको उपलक्ष्यमा शीतल निवासमा रोपाइँ

    असार १५ अर्थात् धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ

नेपालमा मलको हाहाकार भइरहन्छ : कृषिमन्त्री

    कृषि रामनाथ अधिकारीले रासायनिक मलको हाहाकार सधैँ हुने बताएका छन् ।

दुई घण्टा बोकेर हाते ट्रयाक्टर चितवनको कान्दा पुर्‍याइयो

     चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको