भाषा आयोगद्वारा प्रमसमक्ष संक्षिप्त प्रतिवेदन प्रस्तुत



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष भाषा आयोगले आफ्नो संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेको छ ।

आयोगका अध्यक्ष डा लवदेव अवस्थीले एक वर्षमा गरिएको मूलभूत कामको समीक्षासहित आज प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

प्रतिवेदनमा संविधान संवत् हिसाबले भाषाको कार्यान्वयन हुनुपर्ने, सरकारी कामकाजको भाषाबारे स्पष्ट धारणा आउनुपर्ने, भाषाको संरक्षण र विकास, भाषको लिपि, शब्दकोष, व्याकरण, मातृ भाषाको प्रयोग विस्तार र भाषाको अध्ययन अनुसन्धानलाई अत्यन्त महत्वका साथ उठाइएको छ ।

“१२३ वटा भाषामध्ये धेरै भाषा लोप हुने अवस्थामा पुगेका छन्, त्यसमा सरकारले तत्काल ध्यान पु¥याउनुपर्नेलगायतका विषयलाई प्रतिवेदनमा उल्लेख गरिएको छ”, अध्यक्ष अवस्थीले भन्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले भाषा आयोगलाई चाँडो पूर्णता दिइने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...