परियोजनालाई ४० करोड ३० लाख



कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १०३ वटा परियोजनालाई रु ४० करोड ३० लाख ४४ हजारको सहयोग उपलब्ध गराइएको छ ।

कृषि मन्त्रालय र डेनमार्क सरकारको सहयोगमा ती परियोजनाको कार्य अगाडी बढाउन सहयोग सम्झौता गरिएको हो । चिया, अलैँची, अदुवा र डेरीमा मूल्य शृङ्खला विकासका लागि प्रविधि प्रवद्र्धनमा उक्त सहयोग गरिएको उन्नति समावेशी कार्यालयले जनाएको छ ।

कार्यक्रमले ५६ वटा चियासम्बन्धी परियोजनालाई रु २६ करोड ८० लाख ३३ हजार स्वीकृत गरेको छ । डेरीसम्बन्धी २९ वटा परियोजनालाई रु नौ करोड १३ लाख ६३ हजार र अलैँचीसम्बन्धी १५ वटा परियोजनालाई रु तीन करोड ७५ लाख ७५ हजार स्वीकृत गरेको हो । अदुवासम्बन्धी तीनवटा परियोजनालाई रु ६० लाख ७२ हजार स्वीकृत गरेको छ ।

चियाका २० परियोजनामा गत असार मसान्तसम्ममा रु चार करोड २१ लाख ५१ हजार निकासा भई काम भइरहेको छ । सो अवधिमा डेरीका आठ परियोजनामा रु ६८ लाख ३३ हजार, अलैँचीका चार परियोजनामा रु २४ लाख ३८ हजार र अदुवाका दुई परियोजनामा रु १२ लाख ३४ हजार निकासा गरी काम भइरहेको छ ।

उन्नति समावेशी कार्यालयका कर्मचारी शिवलाल कार्कीका अनुसार ती परियोजनाबाट १७ हजार ११८ घरधुरी लाभान्वित हुने छन् । चियाका ५६ परियोजनाबाट सात हजार ८७० घरपरिवार, डेरीका २९ परियोजनाबाट पाँच हजार ३७८, अलैँचीका १५ परियोजनाबाट दुई हजार ७३० तथा अदुवाका तीन परियोजनाबाट एक हजार १४० घरपरिवार लाभान्वित हुने छन् ।

उन्नतिले प्रत्यक्ष अनुदानअन्तर्गत २३ वटा अदुवाखेतीसम्बन्धी कार्यरत समूहलाई रु २१ लाख ९८ हजार सहयोग उपलब्ध गराउने भएको छ । उन्नति च्यालेञ्ज फण्डअन्तर्गत कृषि फार्म, सहकारी संस्था, समूह तथा गैरसरकारी संस्थाको परियोजना स्वीकृत गरी सहयोग गर्न थालिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
TCL नेपालद्वारा नयाँ इन्भर्टर एसी कम्प्रेसरमा १० वर्षको वारेन्टी घोषणा

  नवीनतम प्रविधिमा आधारित विश्वप्रसिद्ध उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड TCL ले नेपालको एयर कन्डिसनिङ

प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच सम्झौता

      प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं.–९ शान्ति बन

प्रभु बैंक र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

      प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

    भारतको प्रमुख विपक्षी दलका नेता राहुल गान्धी र सोनिया गान्धीविरुद्ध सम्पत्ति