स्यालको टोकाईबाट १८ घाइते



हाम्रो इकोनोमि

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका–४ को मिलनचोक, आँप खोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीयवासीलाई स्यालले टोकेको हो ।

बुधबार साँझ नौजना र आज दिउँसोसम्म नौजनालाई टोेकेको स्वास्थ्य चौकी सहारेका प्रमुख किरण वलीले जानकारी दिनुभयो । घाइतेलाई रेबिजविरुद्ध दिइने खोप स्थानीयस्तरमा दिइएको प्रमुख वलीले बताउनुभयो । स्यालले टोक्दा लगाउने इम्युनोग्लोमिन भ्याक्सिन काठमाडौँको टेकु अस्पतालमा मात्रै पाइने भएकाले उपचारमा समस्या भएको वलीले बताउनुभयो ।

घाइतेलाई काठमाडौँ पठाएर उपचार गर्ने विषयमा गुर्भाकोट नगरपालिकाले निर्णय गरेको छ । आज बिहान नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताउनुभयो ।
विगतका वर्षहरुमा पनि यही समयमा गुर्भाकोटमा स्यालले टोक्दा दर्जनभन्दा बढी स्थानीयवासी घाइते भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...