ठूलीभेरीमा फसेका तीन जनाको उद्धार



हाम्रो इकोनोमि

ठूलीभेरी नदीमा ट्र्याक्टर पल्टिँदा चालकसहित फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ ।

ठूलीभेरी नगरपालिका–३ स्थित लामालोटेमा ढुंगासहितको रा१त ७४८१ नंको ट्र्याक्टर नदी पार गराउने क्रममा बीच नदीमा पल्टेको प्रहरीले जनाएको छ । यही भदौ १९ गते साँँझ सवा ६ बजेतिर नदीमा ट्र्याक्टर पल्टेपछि सवार तीन जना बेपत्ता भएको खबर प्राप्त भएलगत्तै कालीदत्त गुल्म सुलिगाड, भगवती दल गुल्म भदालेका सैनिक र जिप्रका डोल्पाको प्रहरीसहितको टोलीले जीवितै उद्धार गरेको हो ।
उद्धार गरिएकामा रुकुम जिल्ला स्यालापाखा गाउँपालिका–४ निवासी ट्र्याक्टर चालक २१ वर्षीय कानरबहादुर कामी तथा सल्यान जिल्ला कुमा गाउँपालिका–४ निवासी १७ वर्षीय टीकाराम बिसी र ५३ वर्षीय जनक बिसी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भेरीमा पानीको बहाव उच्च भएकाले ट्र्याक्टर नदीबाट झिक्न नसकिएको भगवती दल गुल्मका गुल्मपति सौगात सिंखडाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...