ठूलीभेरीमा फसेका तीन जनाको उद्धार



हाम्रो इकोनोमि

ठूलीभेरी नदीमा ट्र्याक्टर पल्टिँदा चालकसहित फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ ।

ठूलीभेरी नगरपालिका–३ स्थित लामालोटेमा ढुंगासहितको रा१त ७४८१ नंको ट्र्याक्टर नदी पार गराउने क्रममा बीच नदीमा पल्टेको प्रहरीले जनाएको छ । यही भदौ १९ गते साँँझ सवा ६ बजेतिर नदीमा ट्र्याक्टर पल्टेपछि सवार तीन जना बेपत्ता भएको खबर प्राप्त भएलगत्तै कालीदत्त गुल्म सुलिगाड, भगवती दल गुल्म भदालेका सैनिक र जिप्रका डोल्पाको प्रहरीसहितको टोलीले जीवितै उद्धार गरेको हो ।
उद्धार गरिएकामा रुकुम जिल्ला स्यालापाखा गाउँपालिका–४ निवासी ट्र्याक्टर चालक २१ वर्षीय कानरबहादुर कामी तथा सल्यान जिल्ला कुमा गाउँपालिका–४ निवासी १७ वर्षीय टीकाराम बिसी र ५३ वर्षीय जनक बिसी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भेरीमा पानीको बहाव उच्च भएकाले ट्र्याक्टर नदीबाट झिक्न नसकिएको भगवती दल गुल्मका गुल्मपति सौगात सिंखडाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

विपिन जोशी जीवित रहेको इजरायलको विश्वास

    हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्धकहरू जीवितै रहेको...

सूचीकरण नगर्ने सामाजिक सञ्जाल निष्कृय बनाउने सरकारको तयारी

    नेपाल सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई सूचीकरण हुन दिएको सात...

बिजी ग्रुपको अत्याधुनिक मोडलका स्मार्टफोन नेपाली बजारमा

    नेपालमा मोबाइल फोनको बजारमा नयाँ उत्साह थप्दै बिजी ग्रुपले अन्तर्राष्ट्रिय स्मार्टफोन...