पुस भित्रै ओली प्रधानमन्त्री बन्ने गरिको यस्तो छ तयारी,कसले गर्यो खुलासा ?



एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी पुस महिनामा फेरि प्रधानमन्त्री बन्ने भएका छन् ।

भट्टराईका अनुसार पुस महिनामा एमालेको बहुमतको सरकार बन्ने र त्यो ओलीको नेतृत्वमा हुनेछ । आइतबार आफ्नो एक अन्तर्वार्तामा योगेशले यस्तो खुलासा गरेका हुन् । ‘आगामी चुनावमा अध्यक्ष केपी कमरेडलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्छ भन्ने मेरो लाइन हो । यसमा पार्टी नेतृत्व पनि सकारात्मक छ,’ उनले भने– ‘संसदीय र प्रदेशसभाको चुनावमा उहाँ (ओली)लाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढ्ने सम्भावना छ ।’

यसअघिको ९ महिने कार्यकालमा राम्रा काम गरेर चर्चामा आएका ओलीलाई फेरि प्रधानमन्त्री बनाउन पार्टीमा योगेश भट्टराई लगायत नेताहरु कस्सिएका हुन् । हिजोमात्रै एमाले सांसद रामेश्वर फुयाँलले रिपोर्टर्स क्लबमार्फत दशैंपछि पार्टीका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री बन्ने दावी गरेका थिए । पछिल्लो समय प्रधानमन्त्रीमा वामदेवको चर्चा भइँरहदा योगेश केपीको पक्षमा उभिएका हुन् । त्यो भन्दा पहिले झलनाथ खनालले पनि बामदेब गौतम अबको प्रधानमन्त्री भनेका थिए। योगेशले पार्टी अध्यक्ष स्वभाविक रुपमा प्रधानमन्त्रीको दाबेदार हुने भन्दै एमालेमा अध्यक्ष केपी ओलीभन्दा विलक्षण क्षमता भएको कोही नभएको भन्दै उनी नै एकमात्र उम्मेदवार भएको टिप्पणी गरेका छन् । र स्वयम् ओली पनि त्यसैका लागी आन्तरिक तयारीमा होमिएका छन।

प्रतिक्रिया दिनुहोस
वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम