गुडिरहेको मोटरसाइकलमा उभिएर बब्लु गुप्ता सरर…….



हाम्रो इकोनोमि

 

 

सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक नियमको समान कार्यान्वयनबारे प्रश्न उठेको छ ।

सांसद गुप्तासँग रहेका उनका साथी रहिश खानको टिकटक आइडीबाट करिब १४ घण्टाअघि पोस्ट गरिएको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ । भिडियोमा ‘घुमघाम सांसद बब्लु दोस्त’ क्याप्सन राखिएको छ । उनीहरू कहाँ जाँदै थिए भन्ने विषयमा सुरुवातमा खुलाइएको थिएन ।

पृष्ठभूमिमा ‘साइड लाग, साइड लाग, हाम्रो पारा यस्तै हो’ भन्ने र्‍याप गीतसहित पोस्ट गरिएको भिडियोमा सांसद गुप्ता बागमती प्रदेश ०२-०२५ प ५२३१ नम्बरको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट पछाडि आइरहेका अन्य मोटरसाइकलहरूको भिडियो खिचिरहेको देखिन्छ ।

यस्तै गतिविधि सर्वसाधारणले गर्दा ट्राफिक प्रहरीले कारबाही तथा जरिबाना गर्ने गरेको अवस्थामा जनप्रतिनिधिमाथि पनि समान रूपमा कानुन लागु हुन्छ कि हुँदैन भन्ने विषयमा सामाजिक सञ्जालमा बहस चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...