इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार गरिरहेको बताएका छन्। तेहरानले अझैसम्म पर्याप्त पीडा नभोगेको दाबी गर्दै ट्रम्पले पुन: ठूलो सैन्य अभियान सुरु गर्ने निर्णयको नजिक पुगेको जनाएका छन् ।

अमेरिकी केन्द्रीय कमाण्डले जुलाई २३ को राति इरानमाथि लगातार १३ औं रात हवाई हमला सम्पन्न गरेको जनाएको छ । सेन्टकमका अनुसार इरानका सैन्य कमाण्ड सेन्टर, ड्रोन भण्डारण केन्द्र, सञ्चार सञ्जाल, तटीय निगरानी स्थल र समुद्री क्षमताहरूलाई निसाना बनाइएको छ ।

इरानको अर्ध–सरकारी सञ्चारमाध्यम ’तस्निम’ का अनुसार दक्षिण–पश्चिमी प्रान्त खुजेस्तानको अहवाज सहरनजिकै भएको अमेरिकी मिसाइल प्रहारमा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

ट्रम्पको यस भनाइपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले कडा प्रतिक्रिया दिएका छन् । उनले अमेरिकाको विवेकहीन आक्रामकताले गर्दा ट्रम्पले युद्ध अन्त्यको सम्झौताका लागि अझ भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...