इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार गरिरहेको बताएका छन्। तेहरानले अझैसम्म पर्याप्त पीडा नभोगेको दाबी गर्दै ट्रम्पले पुन: ठूलो सैन्य अभियान सुरु गर्ने निर्णयको नजिक पुगेको जनाएका छन् ।

अमेरिकी केन्द्रीय कमाण्डले जुलाई २३ को राति इरानमाथि लगातार १३ औं रात हवाई हमला सम्पन्न गरेको जनाएको छ । सेन्टकमका अनुसार इरानका सैन्य कमाण्ड सेन्टर, ड्रोन भण्डारण केन्द्र, सञ्चार सञ्जाल, तटीय निगरानी स्थल र समुद्री क्षमताहरूलाई निसाना बनाइएको छ ।

इरानको अर्ध–सरकारी सञ्चारमाध्यम ’तस्निम’ का अनुसार दक्षिण–पश्चिमी प्रान्त खुजेस्तानको अहवाज सहरनजिकै भएको अमेरिकी मिसाइल प्रहारमा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

ट्रम्पको यस भनाइपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले कडा प्रतिक्रिया दिएका छन् । उनले अमेरिकाको विवेकहीन आक्रामकताले गर्दा ट्रम्पले युद्ध अन्त्यको सम्झौताका लागि अझ भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...