नेपाल सरकारले भुलेको मौलिक उत्पादन र उत्पादनकर्ता प्रतिको उत्तरदायीत्व



हाम्रो इकोनोमि

 

 

सुश्री स्वेता श्रेष्ठ

 

हाम्रो देश प्राकृतिक देन र आर्थिक समृद्धिको प्रबल सम्भावना बोकेको देश । उनदेखि सुनसम्म गोबर ग्यासदेखि युरेनियमको आणविक भट्टी सम्म बनाउन सक्ने देश जलविद्युत देखि सौर्य उर्जा उत्पादन गर्न सक्ने देश कृषी उपज देखि विज्ञानका नयाँ नयाँ प्रविधिहरुको प्रयोग गरि नयाँ आविष्कार रच्न सक्ने देश देशको अस्थिर राजनीती , अदुर्दर्शी सरकारी व्यवस्था र लगानी सुरक्षणको असुनिश्चितताका कारण आर्थिक रुपमा सम्पन्न हैन आर्थिक रुपमै विपन्न राष्ट्रको सुचीमा सुचिकृत हुन पुगेको छ । यहाँ विकास नभएका हैनन् प्रविधी नभित्रीएका नि हैनन् तर सरकारको उत्पादन तथा व्यापार नितिका कारण स्वदेशी उत्पादनकर्ता निरुत्साहित बनेका छन् । उत्पादन क्षेत्रमा हरेक दिन नयाँ प्रतिस्पर्धीको जन्म भइरहन्छ । एक सफल नभए अर्को सफल हुने सम्भावना प्रचुर मात्रामा रहन्छ।तर त्यो सफलता प्राप्त गर्नका निम्ति सरकारको आर्थिक नीति, उद्योग नीति, व्यवसाय तथा व्यापार नीति र लगानी सुरक्षण निति हरुले थप महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । कुन प्रकारको उत्पादनले स्राष्ट्रिय बजार धान्ने गरेको छ, कुन उत्पादनले अन्तराष्ट्रिय बजार धान्ने गरेको छ, सो बारे विस्तृत अध्ययन सरकारले गरेको हुनु पर्दछ र सोही अनुरुप सरकारले उत्पादन नीति निर्माण गरेको हुनु पर्दछ । अन्तर देशीय व्यापारमा हुने नाफा र घाटाको अध्ययन गरि राष्ट्रिय र अन्तराष्ट्रिय मागको सम्बोधन हुने गरि उत्पादन क्षेत्रमा लगानी गर्नु पर्दछ । हरेक देशको व्यापार नीति आफ्नो स्वदेशी उत्पादनको उपभोग र निर्यातमा वृद्धि तथा विदेशी आयातमा गरिने कटौतीमा केन्द्रित रहन्दछ । तर नेपालमा भने विदेशी आयात भित्र्याउन मात्रै सरकारको ध्यान केन्द्रित रहेको देख्न सकिन्छ । यसले गर्दा हाम्रो देशको ठूलो आर्थिक पुजी आयात सङ्गै बाहिरिने गरेको छ ।

स्वदेशी उत्पादन तथा उत्पादनकर्ताहरुलाई यो राज्य र सरकारले सम्मान दिन नसक्दा, व्यावसायिक लगानीमा सुरक्षण सुनिस्चित गर्न नसक्दा अहिले एक पछि अर्को गर्दै व्यावसाय व्यापारहरु धमाधम बन्द हुँदै गइरहेका छन् । दक्ष जनशक्ती वैदेशिक रोजगारी र विदेशमा भविष्य खोज्न आफ्नो देशको पहिचान र नागरिकता त्यागी विदेशीन बाध्य भएका छन् । एक पछि अर्को वैदेशिक ऋण र अनुदान जथाभावी लिने प्रवृत्तिले देश वैदेशिक ऋणको पासमा फसेको छ । यश बाट मुक्त हुन देशलाई कयौँ वर्ष लाग्न सक्ने निश्चित छ । दूध व्यावसायी आफ्ना दूध खेर जाने भएपछी सडकमा बसेर त्यही दुधले नुहाएर विरोध जनाउन बाध्य छन् , कृषी खेती गर्ने किसानहरु आफ्नो कृषि उपज बिक्री नहुने भएपछि सडकमा खन्याएर आन्दोलन गर्न बाध्य छन् ।

महँगिदो सुनको मूल्य र बढ्दो सुन तस्करीले संवरण व्यावसायीहरु पनि मारमा छन् । विदेशी कपडा र पहिरण आयातमा रोक लगाउन नसक्दा स्वदेशी कपडा उत्पादक तथा पोशाक व्यावसायीहरु धराशयी बन्दै छन् । यस्ता यावत विषय र समस्याहरु प्रती सरकार गम्भीर हुनु जरुरी छ । स्वदेशी उत्पादकहरुलाई राहत पुग्ने हिसाबले अर्थ व्यावसाय तथा व्यापार नीति , लगानी सुरक्षण नीति बनाउनु जरुरी छ । देशको अर्थतन्त्र केवल जलविद्युत र रेमिटेन्सले मात्र धानिदैन भनेर बुझ्न जरुरी छ । स्वदेशी उत्पादनहरुको अनिवार्य उपभोग, स्वस्थ प्रतिस्पर्धा , अनावश्यक आयात कटौती र निर्यात वृद्धिमा सरकारको ध्यान जान जरुरी छ । यिनै उत्पादनकर्ताहरुको मिहिनेतका कारण देशको अर्थतन्त्रको केही हिस्सा धानिएको छ त्यसैले सरकार तिनका प्रती उदार बन्नु जरुरी छ उत्तरदायी बन्न जरुरी छ । नेपालमा उत्पादन हुने उपभोग्य वस्तुहरुको नियमित गुणस्तर मापन गर्न नियामक निकायलाई चुस्त दुरुस्त बनाईनु पर्छ । हाम्रो उत्पादनहरुलाई पनि अन्तराष्ट्रिय स्तरको बनाउन आवश्यक नीति निर्माण, प्रशिक्षण र व्यावसायिक नियमन गरिनु जरुरी छ । हाम्रो स्वदेशी उत्पादन हाम्रो गौरव, स्वाभिमान र सार्वभौमता सङ्ग पनि जोडिएको हुँदा सरकारले उत्पादन क्षेत्र र उत्पादकहरुका विषयमा गहन रुपमा विचार गरेर आवश्यक नितिहरु अख्तियार गर्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

बागबजार र ववरमहलमा बक्स कल्भर्ट निर्माण हुने

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...