एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा



हाम्रो इकोनोमि

 

 

गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि असार मसान्तसम्म २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।

यो व्यापार गत आवको सोही अवधिको तुलनामा १५.८८ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

यस अवधिको वैदेशिक व्यापारमा नेपालले १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ बराबरको थियो ।

भन्सार विभागका अनुसार गत आवमा २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १६.२० प्रतिशत बढी हो । सो अवधिमा १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आवमा ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३.८१ प्रतिशत बढी हो । त्यसबेला दुई खर्ब ७७ अर्ब ३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...