एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा



हाम्रो इकोनोमि

 

 

गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि असार मसान्तसम्म २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।

यो व्यापार गत आवको सोही अवधिको तुलनामा १५.८८ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

यस अवधिको वैदेशिक व्यापारमा नेपालले १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ बराबरको थियो ।

भन्सार विभागका अनुसार गत आवमा २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १६.२० प्रतिशत बढी हो । सो अवधिमा १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आवमा ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३.८१ प्रतिशत बढी हो । त्यसबेला दुई खर्ब ७७ अर्ब ३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...