दीपक बोहोरा सहितका दर्जनलाई अख्तियारले सनासो लगाउने,देउवाले बोहोराको नाम च्यातिदिए पछी राणाको यस्तो रोइलो



आयल निगम जग्गा प्रकरण दिनप्रतिदिन चर्किएको छ । अख्तियार अनुसन्धान आयोगका आयुक्तहरुको गोप्य बैठक सम्पन्न भएको छ ।
नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरासम्मलाई कारवाही गर्नेबारे बैठकमा आयुक्तहरुवीच आन्तरिक सहमति भएको आयोग निकट स्रोतले बताएको छ । पेट्रोलियम पदार्थ भण्डारणको लागि आयल निगमले जग्गा खरिद गरेको थियो ।
उक्त खरिदमा डेढ अर्ब रुपैयाँ बराबर घोटाला भएको कुरा बाहिरिएको थियो । यो तथ्य बाहिरिएपछि आयोगले उक्त घोटालामा संलग्नहरुलाई जतिसक्दो चाँडो कारवाही गर्नेगरि आन्तरिक तयारी गरेको छ । निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन समेत सांसदहरुले गरिसकेका छन् ।

सांसदहरुले स्थलगत अध्ययनका क्रममा आफ्नो ज्यानको सुरक्षामा समेत चिन्ता ब्यक्त गरेकाछन् । उक्त खरिद प्रकरणमा पूर्वमन्त्री दिपक बोहोराको संलग्नता रहेको विवरण बाहिर आएको छ । सोहीका आधारमा आयोगले पूर्वमन्त्री बोहरालाई समेत खोजी गर्ने आन्तरिक रणनीति तय गरेको उच्च स्रोतले बताएको छ । निगमका उच्च अधिकारीदेखि जग्गा एजेन्ट, स्थानीय तह, नापी, मालपोतका कर्मचारीसमेतको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको अनुसन्धानमा संलग्न सांसदको ठहर छ ।

निगमले झापा, सर्लाही, चितवन, भैरहवामा दुई अर्ब रुपैयाँको जग्गा खरिद गरेकोमा त्यसको वास्तविक मूल्य भने ५० करोडभन्दा बढी हुने अवस्था नदेखिएको संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सदस्य रामवीर मानन्धरले बताएका छन् । त्यस्तै उक्त खरिद प्रकरणमा विवादस्पद व्यापारी दिपक मल्होत्राको समेत संलग्नता रहेको आयोगको ठहर छ ।
अनुसन्धानमा दोषी देखिएका जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने आयोगको निर्णय रहेको छ । विवादस्पद ब्यापारीदेखि पूर्वमन्त्री बोहराको खोजी,अब के होला ?

यता आयल निगम प्रकरणमा विवादमा तानिएका राप्रपा नेता दीपक बोहोरालाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नबनाउने अडान लिएपछि राप्रपा प्रजातान्त्रिकमा विवाद उत्पन्न भएको छ ।चार मन्त्री र राज्यमन्त्रीसहित सरकारमा जान वार्ता गरिरहेका पशुपति समशेर जबरालाई देउवाले दीपक बोहोरा बाहेक अरुको नाम ल्याउन आग्रह गरेको स्रोतले जनाएको छ ।

देउवाले राणालाई आफू राप्रपालाई सरकारमा सहभागी गराउन तयार रहेको तर दीपक बोहोराको नाम भने नल्याउन आग्रह गरेका थिए । उनले तीन मन्त्रालय दिने समेत बताएका थिए । आयल निगमको जग्गा खरिद प्रकरणमा समेत मुछिएका बोहोरालाई देउवाले रुचाएका छैनन् ।
राणाले प्रधानमन्त्रीको आग्रह अनुरुप बोहोराको नाम कटाएर सुनीलबहादुर थापा, विक्रम पाण्डे र रामकुमार सुब्बाको नाम मन्त्री बनाउन खुसुक्क प्रधानमन्त्रीलाई दिएपछि विवाद शुरु भएको स्रोतले बतायो । बोहोराले मन्त्री बन्न नपाए राप्रपा प्रजातान्त्रिक नामको नयाँ पार्टी नै फुटाउने धम्की दिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय