यसरी थाहा पाउन सकिन्छ केटी कुमारी छ या छैन भनेर ? चेक गर्ने नया तरिका



हाम्रो इकोनोमि

कुमारीत्वसम्बन्धी एउटा अंग्रेजी उखान छ- तिमीलाई कुमारी केटीसँग बिहे गर्नुछ भने कोक्रोमा पाइएला। कुमारीत्वको भ्रम र आडम्बरका कुरा युगौंदेखि चलिरहेका छन्। बिहेअघि शारीरिक सम्बन्ध नराखेकी अर्थात् अक्षत योनी भएकी महिलालाई कुमारी भन्ने गरिन्छ, सामान्यतया। तर, अक्षत योनीको अवधारणा त्यति सजिलो भने छैन किनभने साइक्लिङ र खेलकुदले पनि किशोरीको योनीमा भएको झिल्ली च्यातिनसक्छ। केही वर्षअघि सिन्धुपाल्चोकमा एउटा डिभोर्सको घटना भएको थियो। केही वर्षको प्रेमपछि एक जोडीले बिहे गर्‍यो। एक सातामै श्रीमान्ले श्रीमतीलाई त्यागिदिएको थियो। उसले डिभोर्सको कारण देखाएको थियो, ‘सुहागरातको दिन सम्भोग गर्दा उसको योनीबाट रगत आएन।’ महिला कुमारी हुनु वा नहुनुलाई पहिलो पटक गरिएको सम्भोगको क्रममा योनीबाट रगत बग्नुले कुनै प्रभाव पार्दैन। तर, नेपालमा अझै पनि शिक्षित मानिससमेत यस धारणाबाट ग्रस्त छन्। मेडिकल साइन्सका अनुसार रगत बग्नु वा नबग्नुले महिलाको कुमारीत्वसँग कुनै सम्बन्ध राख्दैन। कसैकसैमा सम्भोगको क्रममा हाइमेन नच्यातिएको भएमा हाइमेन च्याँतिदा योनीबाट रगत आउनसक्छ। मेडिकल साइन्सका अनुसार खेलकुद, साइक्लिङ, कडा किसिमका कसरत आदिका कारण हाइमेन च्यातिन सक्छ।

तर, कतिपय महिला हाइमेनबिना पनि जन्मिएको हुनसक्ने कुरा पत्ता लगाएको छ। केही महिलामा हाइमेन च्यातिँदा योनीबाट रगत नबग्ने र केही महिलामा हाइमेन नच्यातिने तर हाइमेनको फैलावट क्षमता बढी भएर पनि रगत नबग्न सक्ने कुरा पनि पत्ता लगाएको छ। अतः सम्भोग गर्दा योनीबाट रगत बगेमात्र महिला कुमारी हो भन्ने भ्रममा कदापि पर्नुहुँदैन। हाइमेन एउटा झिल्ली हो, जसले योनीको बाहिरी द्वार ढाकेको हुन्छ। यसमा सानो प्वाल हुन्छ। यो विभिन्न शारीरिक श्रम र व्यायामबाट च्यातिन सक्छ। महिलाले बच्चा पाइसकेपछि महिलाको हाइमेनको केही या पूरै भागको अस्तित्व नरहन पनि सक्छ। त्यसैले कुमारीत्वसम्बन्धी गलत मानसिकतालाई छिट्टै हटाउनु बुद्धिमानी हुन्छ। महिलाहरू पहिलो सम्भोगमा त्यति खुल्न सक्दैनन्। प्रेम विवाहमा भन्दा परंपरागत विवाहमा महिलाहरू सम्भोगमा खुल्न गाह्रो मान्छन्। उत्तेजनामा आउन नसक्नुले पनि योनीमार्गमा प्रशस्त चिल्लो पदार्थ निक्लँदैन र योनी कडा हुन सक्छ। केही महिलाका योनीद्वार सानो भएर पनि लिंग भित्र छिर्न गाह्रो हुन सक्छ। यस्तो अनुभव भयो भने महिला कुमारी भएको ठान्दछन् पुरुषहरू। तर यस्तो अवस्थामा महिलालाई पीडा भएको हुन्छ। महिलालाई प्राक्क्रीडामा बढी समय दिएर पूर्ण उत्तेजनामा ल्याउन सकियो भने विवाहको पहिलो रात वा पहिलो सम्भोगमा योनीबाट रगत बग्ने, लिंग छिराउन कठिन हुने भन्ने नै हुँदैन। वास्तवमा योनी लचकदार तन्तुबाट बनेको हुन्छ। सानो लिंग छिर्दा कसिलो हुने योनीबाट बच्चा सजिलै निस्कन सक्नुले योनीको क्षमतालाई अझ बढी प्रस्ट्याउँछ। अहिले युवामाझ खुब चर्चा हुने शब्द हो, भर्जिन। भर्जिनसँग सम्भोग गर्दा मजा आउने कुराको पनि चर्चा हुने गर्छ। वास्तवमा महिला भर्जिन हो कि होइन भन्ने कुरा मेडिकल साइन्सले पत्ता लगाउन सक्दैन। यो महिलाको विश्वासमा निर्भर हुन्छ। महिलाले विवाहअघि सम्भोग गरेको कुरा पछि गएर कसैले थाहा पाउला कि भन्ने डर धेरैमा पाइएको छ। यो कुरा महिलाले नभनेसम्म पत्ता लाग्दैन। महिलाको योनीको फैलन र खुम्चन सक्ने गुणको कारण कुनै फरकपन महसुस हुँदैन। हाइमेन धेरै कारणले च्यातिन सक्ने भएकाले सम्भोगसँग यसको खासै सम्बन्ध छैन। कुमारी युवतीसँग सम्भोग गर्दा आनन्द आउने धारणा गलत हो। दुवैजना बराबर उत्तेजनामा आएर सम्भोगको चरमोत्कर्षमा पुग्न सकेमा सबै महिलासँग उत्तिकै सन्तुष्टि मिल्छ। कुरा कुमारीत्वभन्दा चरमोत्कर्षको हो।

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...