किन हाँसे त काल भैरव ? मुर्ती हाँसेको भन्दा पत्यार नलाग्ला तर हास्नुको रहस्य यसरी खुल्यो



काठमाडौंको हनुमानढोका दरबारको प्रांगणको उत्तरपश्चिमी भागमा काल भैरवको ठूलो प्रस्तर मूर्ति छ । कालो प्रस्तरबाट बनेको यो मूर्ति अति ठूलो र डरलाग्दो छ । यो मूर्ति १२ फिट अग्लो छ । यो मूर्ति प्राचीन कालतिर बनाइएको मानिन्छ तर यस स्थानमा यसको स्थापना भने कान्तिपुरे राजा प्रताप मल्लले गराएका हुन् । कतिपय श्रद्धालुहरू काल भैरवलाई काली मानेर पनि पूजाआजा गर्ने गर्दछन् ।

शवमाथि उभिएको तथा नरमुण्डमाला लगाएको काल भैरवको मूर्तिलाई बेग्लै मन्दिर नबनाएर त्यत्तिकै खुला आकाशमुनि एउटा पर्खालमा टँसाएर राखिएको छ । मध्यकालतिर काल भैरव मूर्ति अगाडि अपराधीलाई दण्ड–सजाय दिने चलन थियो । यसको अगाडि उभ्याएर अपराधीलाई अपराध स्वीकार गर्न लगाइन्थ्यो । साथै कतिपय अपराधीहरु त यहाँ आइपुग्नासाथ डरले आफैं मर्दथे भनिन्छ ।

यस्तो डरलाग्दो मूर्ति आफु भने हाँसिरहेको छ । कालभैरवको मूर्ति देखेकै हेर्नु भयो भने तपाईले पनि भैरवको मुख हाँसेको र हाँस्दा दाँत देखिएको देख्नु हुनेछ ।

किन हाँसे त काल भैरव ?

पहिले पहिले कुनै कसुरमा दसी प्रमाण नभेटिएमा कालभैरवको पाउ छुवाएर किरिया खुवाउने चलन थियो । यसरी किरिया खाँदा यदि झुट्टा बोल्यो भने तत्काल त्यहीं रगत छादेर मर्ने गर्थ्यो ।

यौटा हाकिम बडो घुस्याहा थियो तर उसले गरेको बदमासीको प्रमाण कसैले नपाउने गरी गर्दथ्यो । उसका विरुद्ध उजुर पर्‍यो । उजुरी गर्ने अति नै विश्वासिला मानिस थिए तर हाकिमका विरुद्धमा भने कसै गर्दा पनि प्रमाण भेटिएन । प्रमाण नभेटिएकाले उसलाई कालभैरवको पाउ छुवाएर किरिया खुवाइने फैसला भयो । किरिया खुवाउँने दिन भनेर भोलीपल्टलाई नै तोकियो ।

फैसला पछि घर आएको ऊ नुन खाएको कुखुराजस्तै झोक्राएर बसिरह्यो । उसकी आमाले यो देखेर उसलाई सोधिन् । उसले पनि सबै सत्य कुरो आमालाई बताइदियो ।

आमाचाहिंले “ए! यत्ति कुरामा किन पीर लिनु” भनेर उसलाई योबाट बच्ने सजिलो तरिका भएको कुरा बताइन् । त्यसका लागि उसलाई नाङ्गै भएर आफ्नो काखमा बसेर दूध चुस्न लगाइन् र भोलिपल्ट भन्नु पर्ने सबै कुरा सिकाइन् ।

भोलिपल्ट सबै भैरवस्थानमा जम्मा भए र ऊ पनि गयो । जब उसलाई किरिया खान भनियो अनि उसले कालभैरवको पाउ समातेर “मैले अजान छँदा, नाङ्गै आमाको काखमा बसेर दूध खानुअघि त के के गरें भन्न सक्दिन तर त्यसपछि मैले आजको दिनसम्म घुस खाने वा कुनै नगर्नु हुने काम गरेको छैन । भए यहीं रगत छादेर मेरो मृत्यु होस् ।”

उसले यति चलाखीपुर्ण किरिया खाएको सुनेपछि त्रिकालदर्शी कालभैरवको मूर्ति पनि हाँस्यो । र, आजसम्म हाँसेकै छ रे ।

प्रकाशित मिति : १६ भाद्र २०७४, शुक्रबार  ०७ : २९  बजे

प्रतिक्रिया दिनुहोस
थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बनमा

    थाइल्याण्डकी प्रधानमन्त्री पेटोङतार्न सिनावात्रा निलम्बनमा परेकी छिन् । थाइल्यान्डको संवैधानिक अदालतले

LG Nepal द्वारा “Affectionate Intelligence” को प्रदर्शनी भविष्यको सुरुवात अब नेपालमा

    LG Nepal ले आफ्नो विश्वव्यापी नवप्रवर्तनको अभियान “Affectionate Intelligence” लाई नेपालको

अमेरिकी आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएन

    अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको

पाकिस्तानी सेनापतिसँग ह्वाइट हाउसमा ट्रम्पको लञ्च मिटिङ

    भारतले पहलगाम आतंकवादी हमलाका मास्टरमाइण्ड भनेर आरोपित गरेका पाकिस्तानी सेनापति जनरल