परिआए एमालेले राजपाका नेताको बास काठमाडौँबाट उठाउने,पाण्डेले भने-उनीहरुलाई मधेशमै धुलो पार्छन



नेकपा एमालेले निषेधको राजनीति नत्यागे राष्ट्रिय जनता पार्टी नेपालका नेतालाई काठमाडौंमा बस्न नदिने चेतावनी दिएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले नेता एवं सांसद राजेन्द्र पाण्डेले मधेसमा एमालेका कार्यक्रममा आक्रमण गर्ने, नेताहरुमाथि अवरोध गर्ने संवैधानिक, गैरकानूनी र उच्छृङखल गतिविधि नरोके राजपाका नेतालाई काठमाडौंमा बस्न अवस्था नरहने चेतावनी दिएका हुन् । आफ्ना कार्यकर्तालाई राजनीति संस्कार सिकाउन राजपाका नेतालाई उनले सुझाव समेत दिए ।

प्रदेश नम्बर २ मा त यहाँहरुलाई चुनाव लड्न पनि गारो देखिएको छ नि ? शीर्ष नेताहरुमाथि नै आक्रमण भएको छ भन्ने प्रश्नमा नेता पाण्डेले भने-

केही गारो छैन । आक्रमण हुनु राम्रो कुरा होइन । महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवले त्यहाँका जनतालाई उचाल्ने र एमालेमाथि प्रहार गर भन्दा उनीहरुलाई पनि बस्ने ठाउँ चाहिएला नि । उनीहरु बस्ने त काठमाण्डौ नै हो नि । यस्तो खालको व्यवहार गर्नु गलत हो । हामी पनि चुप लागेर बस्दैनौँ । हुन त मधेशी नेताहरुबिच पनि त्यहाँ पिटापिट छ ।

एमाले अध्यक्ष केपी ओलीले बैकक बाट फर्कने क्रममा राजपालाई चेतावनी दिँदै आफूहरु प्रतिवादमा उत्रिनु नपरोस् भनेका थिए । त्यस लगत्तै नेता पाण्डेले उक्त चेतावनी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस
वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम