उद्योगधन्दामा विद्युत् महसुल बढ्दैन : ऊर्जामन्त्री शाही



सरकारले तत्काल उद्योगधन्दामा विद्युत्को महसुल नबढाउने भएको छ ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युत्को महसुल नबढाउने र उद्योगी व्यवसायीलाई कुनै अप्ठ्यारो नपारिने बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको भेटमा ऊर्जामन्त्री शाहीले भन्नुभयो, ‘विद्युत् महसुल वृद्धि गर्ने निर्णय तत्काल कार्यान्वयन हुँदैन । उद्योगी व्यवसायी ढुक्क भए हुन्छ ।”

उहाँले उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि विद्युत् उत्पादनमा तीव्रता दिनुपर्ने र त्यसमा निजी क्षेत्रले लगानीमा बढवा दिनुपर्ने र सरकारको कामकारबाहीलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग परिसङ्घका पदाधिकारीले औद्योगिक क्षेत्रमा विद्युत्को महसुल बढाइए उद्योगधन्दा धरासयी हुने भएकाले यो निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल निर्धारण आयोगमा पठाएको प्रस्तावमा औद्योगिक क्षेत्रमा ६६ प्रतिशतसम्म विद्युत् महसुल वृद्धि गर्ने प्रस्ताव गरेको छ ।
महसुल वृद्धि गरिए यो अहिलेसम्मकै अप्रिय निर्णय हुने उद्योगी व्यवसायीको भनाइ छ । उनीहरुले औद्योगिक क्षेत्रमा डेडिकेटेड पावर फिडर आवश्यक भएको पनि मन्त्री शाहीलाई जानकारी गराएका थिए ।

भेटमा सहभागी उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले सरकारको उज्यालो नेपालको अभियानले उद्योगी व्यवसायीलाई खुशी तुल्याएको र विद्युत्को क्षेत्रमा लगानीका लागि आफूहरुसमेत तयार रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

पाँच हजार मेगावाट पीपीए गर्दै विद्युत् प्राधिकरण

    नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता

ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीद्वारा संसदमै बधाई

    ऊर्जाबाट समृद्धिको कार्ययोजना ल्याएको भन्दै सांसद चौधरीद्वारा ऊर्जा मन्त्रीलाई बधाई काठमाडौं

अब बिचौलिया संस्कृति र छिद्र खोज्ने प्रवृत्तिमाथि निर्मम हुनुपर्छ : ऊर्जा मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा व्याप्त बिचौलिया संस्कृति, कानुनी छिद्र