बिहार जोगाएर नेपाल डुबाउने,तस्करी धन्धा चलाएर को-को हुन् राष्ट्रवादी ठहराउने



वि.सं.२०७४ साल श्रावण महिनाको अन्तिम साता आएको अविरल वर्षाका कारण कतै डुबानमा परेर त कतै कतै बाढी पहिरोमा परेर सैयौंको अकालमा ज्यान गयो ।

केही वर्ष यता पहिरो जाने र डुबान हुने क्रम बढेको छ । पहिरो जानुका कारणहरु मध्ये सडक निर्माण र जथाभावी ढुङ्गा गिट्टीको अवैध धन्दाले गर्दा यस्तो भैरहेको छ ।

तराईको चुरे क्षेत्रमा अवैध रुपमा उत्खनन गरिएका ढुङ्गा गिट्टी र जंगलै सखाप हुने गरी गरिएको काठ तस्करीले गर्दा बाढी पहिरो निम्तिई रहेको छ । वर्षातमा दुई दिन कराएर वा बाढी पीडितहरुलाई हात्तीको मुखमा जिरा भने जस्तो गरेर राहत वितरण गरी टोपल्दैमा दिगो रुपमा समस्या समाधान हुँदैन ।

के कारणले डुबान भैरहेको छ ? के कारणले पहिरो गैरहेको छ रु त्यस्को कारण पत्ता लगाउनु पर्छ । अनि समस्या समाधानको विषय पहिल्याउनु पर्छ । जनताले निर्माण गरेका सडकहरुमा मात्रै पहिरो जाने गरेको छैन । सरकार स्वयंले निर्माण गरेका राजमार्गहरु समेत पहिरोको चपेटामा परेर धनजनको क्षति समेत हुने गरेका छन् । पहिरोका कारण सडक अवरुद्ध हुनु त साधारण भैसकेको छ ।

सडकहरुका अवस्थाको चित्रण गर्न देशभरिको अवस्था बताइरहनु पर्दैन । काठमाडौँ उपत्यकाको दुरावस्थाले सिङ्गो देशकै प्रतिनिधित्व गर्छ । साल तमामीका बेला ठेकेदार, प्राविधिक, मन्त्रालयका सचिवहरु, मन्त्रीहरु र विभिन्न पार्टीका नेताहरुका मिलेमतोमा कमसल सामग्रीहरु प्रयोग गरेर सम्पन्न गरिएका कागजी विकासहरु एकदुई महिनापछि उप्केर जाने, पुलहरु भास्सिएर जाने वा भाँच्चिने गरेका छन् ।

नक्कली विकासले यस्तो अवस्था निम्त्याइरहेको छ । सेटिङ मिलाएर तलदेखि माथिसम्मका मिलेमतोमा काले काले मिलेर खाउँ भाले भैरहेको छ । राजनीतिक नेताहरु अरुका रिमोट कन्ट्रोलमा चल्ने लम्पसारवादी दासहरु भएपछि सत्ता वा व्यवस्था परिवर्तनका नाउँमा देशका नदी नालाहरु पराईका चरणमा भेटी चढाए जस्तो गरी चढाई रहेका छन् । सप्तकोशी, सप्तगण्डकी, सप्तमहाकाली चढाई सकेका छन् ।

अन्तर्राष्ट्रिय कानुन समेतलाई मिचेर दशगजा क्षेत्रमा अग्ला अग्ला सडकहरु र बाँधहरु निर्माण गर्दा चुँइक्क नबोल्नेहरुले देशका रक्षा कसरी गर्छन् रु आफ्नो राष्ट्र डुबान हुनेगरी निर्माण गर्न लागिएका संरचनाहरुलाई मद्दत पुग्नेगरी चुरे क्षेत्र नाङ्गै हुने गरी माटो, गिट्टी, ढुङ्गा र नदीका बालुवाहरु रोजै हजारौं टिप पठाउने राष्ट्रघातीहरु को हुन् ? जनताले खोतलेर हेर्नुपर्ने भएको छ । डुबान र बाढी पहिरो भएको छ ।

डुबान र बाढी पहिरो यो वर्ष मात्रै होइन, २०४६ सालको परिवर्तनपछि यो वर्षेनी बढ्दै गैरहेको छ । डुबाउनेहरुले डुबाइरहेका छन् । डुब्नेहरु डुबिरहेका छन् । वर्षेनी राहत बाँढेर समस्या समाधान हुँदैन । बाढी पहिरो नजाने र डुबाान नहुने काम गर्नुपर्छ ।

अर्काको डुबान गर्दा सहेर बस्नु हुँदैन ,दिव्यचक्षुमा उल्लेख छ। नेपालको बाँधको ढोकाको साँचो पराईको हातमा भएपछि नेपाल नडुबे के भारत डुब्छ ?

नेपालको बाँध खोल्दा भारत डुब्छ भनेर ढोका खोल्नु हुँदैन भन्ने मन्त्रीहरु क्याबिनेटमा भएपछि सार्वभौम स्वतन्त्र राष्ट्रको हैशियत पनि गुमाएछन् कि भन्ने डरलाग्दो स्थिति देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम