रक्षक नै भक्षक भए पछी के लाग्छ,गृहराज्य मन्त्री फर्जी गाडीमा,प्रहरी प्रमुख चोरीको गाडीमा सरर



हाम्रो इकोनोमि

गृह मन्त्रालयको काम नक्कली गाडी नियन्त्रण गरी कानूनी कारबाही गर्नु हो ।
तर, उल्टै गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले पदमा बहाल भएको दिनदेखि नै फर्जी नम्बर प्लेटको गाडी चढिरहेका छन् ।
उनले बा १ झ १००९ नम्बरको ल्यान्डकुक्रजर प्राडो गाडी चढ्दै आएका छन् । जुन नम्बरको गाडी भने हुलाक बिभागसंग छ । तर उनले जानीजानी प्रयोग गरिरहेको बुझिएको छ।

चिनियाँ दूतावासले प्रयोग गर्दै आएको एक गाडी चोरीको आशंकामा महानगरीय प्रहरी ट्राफिक महाशाखा रामशाहपथले पक्राउ गरेको थियो । पक्राउ गर्दा ट्राफिकले कुनै कागजात भेट्टाएन । ट्राफिकले आवश्यक कागजात ल्याएपछि मात्र गाडी छोड्न सकिने बतायो । तर पनि चिनियाँ दूतावासले अहिलेसम्म कुनै कागजात ल्याउन सकेको छैन । र त्यो बेलाका ट्राफिकका हाकिम प्रकाश अर्याल अहिले प्रहरी प्रमुख छन।अहिले पनि त्यो गाडी उनै अर्यालको कब्जामा छ ।
अर्यालले पक्राउ गरेको उक्त गाडी वा ८ च ५४७५ नम्बरप्लेट राखेर आफैंले चढिरहेका छन् । उनले सो गाडी कहिले नेताको चाकडी गर्न त कहिले अन्य काममा प्रयोग गरिरहेको महानगरीय प्रहरी ट्राफिक महाशाखाका एक प्रहरी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...