बँदेलले मकै नष्ट गरिदिँदा कृषक चिन्तित



हाम्रो इकोनोमि

डडेल्धुरामा जंगली बँदेलले अन्नबाली खान थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

जिल्लाको ग्रामीण क्षेत्रको जंगलमा बँदेलको संख्यामा वृद्धि भएसँगै स्थानीय बासिन्दाले लगाएको अन्नबालीमा क्षति गर्न थालेको छ ।

जिल्लाको अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका लगायतका गाउँपालिकाका विभिन्न गाउँमा लगाइएको अन्नबाली खाएर जंगली बँदेलले क्षति गर्न थालेको छ । बर्सेनि अन्नबाली बँदेलले नष्ट गर्दा बजारबाट चर्को मूल्यमा अनाज खरिद गर्नुपर्ने बाध्यता रहेको अजयमेरु गाउँपालिका– १ का लक्ष्मी भण्डारीले बताउनुभयो ।

बँदेलले मकै, भटमास, कोदोलगाएत तरकारी बाली खाएर क्षति गर्ने गरेको छ भने धानबालीलाई पनि नष्ट गर्न थालेकामा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । ग्रामीण क्षेत्रका जनताको मुख्य पेशा र जीविकोपार्जनको आधार बनेको खेती नै बँदेल तथा बाँदरले काम नलाग्ने गरी नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । मुख्यबालीका रुपमा वर्षामा मकै लगाउने भए पनि बँदेलले लगाएको सम्पूर्ण मकै नष्ट गरिदिएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको जीत पार्कीले दुखेसो पोख्नुभयो ।

बाँदर र बँदेलले बालीनालीमा क्षति पु¥याएपछि किसान क्षतिपूर्तिको माग गर्दै जिल्ला कृषि विकास कार्यालयमा आउन थालेका छन् । क्षतिपूर्तिको माग गर्दै हालसम्म १०० निवेदन आएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । क्षतिको प्रकृति हेरेर बढीमा रु १० हजारसम्म क्षतिपूर्ति दिइने जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।

केही वर्षदेखि जंगली बँदेलको चोरी सिकारी गर्नेको संख्यामा कमी र सामुदायिक वनको विकाससँगै बँदेलको संख्यामा वृद्धि भएको छ । जसका कारण खाना खोज्दै जंगली बँदेल खेतबारीमा आउने गरेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...