बँदेलले मकै नष्ट गरिदिँदा कृषक चिन्तित



डडेल्धुरामा जंगली बँदेलले अन्नबाली खान थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

जिल्लाको ग्रामीण क्षेत्रको जंगलमा बँदेलको संख्यामा वृद्धि भएसँगै स्थानीय बासिन्दाले लगाएको अन्नबालीमा क्षति गर्न थालेको छ ।

जिल्लाको अमरगढी नगरपालिका, अजयमेरु गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका लगायतका गाउँपालिकाका विभिन्न गाउँमा लगाइएको अन्नबाली खाएर जंगली बँदेलले क्षति गर्न थालेको छ । बर्सेनि अन्नबाली बँदेलले नष्ट गर्दा बजारबाट चर्को मूल्यमा अनाज खरिद गर्नुपर्ने बाध्यता रहेको अजयमेरु गाउँपालिका– १ का लक्ष्मी भण्डारीले बताउनुभयो ।

बँदेलले मकै, भटमास, कोदोलगाएत तरकारी बाली खाएर क्षति गर्ने गरेको छ भने धानबालीलाई पनि नष्ट गर्न थालेकामा स्थानीयले चिन्ता व्यक्त गरेका छन् । ग्रामीण क्षेत्रका जनताको मुख्य पेशा र जीविकोपार्जनको आधार बनेको खेती नै बँदेल तथा बाँदरले काम नलाग्ने गरी नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । मुख्यबालीका रुपमा वर्षामा मकै लगाउने भए पनि बँदेलले लगाएको सम्पूर्ण मकै नष्ट गरिदिएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको जीत पार्कीले दुखेसो पोख्नुभयो ।

बाँदर र बँदेलले बालीनालीमा क्षति पु¥याएपछि किसान क्षतिपूर्तिको माग गर्दै जिल्ला कृषि विकास कार्यालयमा आउन थालेका छन् । क्षतिपूर्तिको माग गर्दै हालसम्म १०० निवेदन आएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । क्षतिको प्रकृति हेरेर बढीमा रु १० हजारसम्म क्षतिपूर्ति दिइने जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।

केही वर्षदेखि जंगली बँदेलको चोरी सिकारी गर्नेको संख्यामा कमी र सामुदायिक वनको विकाससँगै बँदेलको संख्यामा वृद्धि भएको छ । जसका कारण खाना खोज्दै जंगली बँदेल खेतबारीमा आउने गरेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

    सीजी डिजिटलले आफ्नो ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निशुल्क कुकिङ

तिब्बतमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

  आजको तिब्बत केन्द्र बनाएर नेपाल, भारत, भुटान तथा बंगलादेशमा कम्प महसुस भएको