ट्रकको ठक्करबाट एकको मृत्यु ,दुई घाइते



हाम्रो इकोनोमि

भरतपुरको आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ आउँदै गरेको ना६ख ३४२५ नम्बरको ट्रकले गणेशस्थान चोकमा बाटो काट्दै गरेको ना३प ७२३९ नंको मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनामध्ये एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएकी मोटरसाइकलको पछाडि सवार भरतपुर महानगरपालिका–११ की ४२ वर्षीया आशमाया थापाको मृत्यु भएको हो । मोटरसाइकल चालक उहाँका श्रीमान् ४६ वर्षीय मानबहादुर थापाको अवस्था गम्भीर रहेको छ । मोटरसाइकल पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया सानुमाया बुढाथोकी सामान्य घाइते हुनुभएको छ । घाइते दुवैको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...

बर्ली (Burly) को बजारमा आक्रामक विस्तार, नयाँ डेजर्ट र पर्सनल कूलर सार्वजनिक

  नेपाली उपभोक्ताको मन जित्न सफल अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली (Burly) होम एप्लायन्सले यस...

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ अध्याय, CG Digital को पहल

    चौधरी ग्रुप अन्तर्गत CG Electronics द्वारा सञ्चालित CG Digital ले नेपाली...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...