७१ बर्षकी पत्नीमाथि कसैको आँखा लाग्न नदिन १६ बर्षे पति यस्तो काम गर्छन्



हाम्रो इकोनोमि

विश्वभरमा यस्ता बेमेलका विवाह पनि रहेका छन् जसको जोडी देख्दा र उनीहरुका बारेमा सुन्दा पनि अचम्म लाग्ने गर्दछ । यस्ता जोडीहरु कुनै प्रेम विवाहबाट जोडिएका हुन्छन् भने कुनै पारिवारिक सल्लाहबाट पनि । यस्तै इण्डोनेसियामा केही समय पहिले मात्र एकजना १६ बर्षीया युवकले ७१ बर्षीया महिलासँग विवाह गरेका छन् । उनीहरु हालै मात्र हनीमुन मनाएर गृहस्थान फर्किएका छन् । अब उनीहरुको छिट्टै नै घरमा बच्चा जन्माउने इच्छा रहेको बताएका छन् ।

इण्डोनेसियामा बसोबास गर्दै आएका यि जोडीको प्रेम कहानीमा कयौं विचित्रका कुरा रहेका छन् । उनीहरुको उमेरमा ५५ वर्षको अन्तर रहेको छ । केटा नाबालक नै रहेका छन् भने महिला ७१ बर्षीया र उनको चाहिँ यो तेस्रो बिवाह अनि उनको आपराधिक रेकर्ड हुनु । यस्ता थुप्रै समस्या र चुनौति रहेका थिए उनीहरुको प्रेम कहानीमा ।

तर सलामत र रोहायाले एक अर्काबिना बाँच्नै नसक्ने भएकाले विवाह गर्ने निधो नै गरे । आफूहरुको सम्बन्धको उनका परिवार, समाज र अरु सबैले पनि विरोध गरेपछि उनीहरुले आत्महत्या गर्नेसम्म्का धम्की दिएका थिए र अन्ततः पारिवारिक उपस्थितिमा बिहे गरिछाडे ।

सलामत आफ्नी पत्नीलाई लिएर यति असुरक्षित र सशंकित छन् कि उनी रोहायालाई घरमा एक्लै छोडेर बाहिर जानु परेका बेला ढोकामा बाहिरबाट ताला लगाएर जाने गर्दछन् । ता कि उनकी पत्निलाई अरु बाहिरी पुरुषहरुले आँखा नलगाउन् । कहिलेकाहीँ यि नाबालिग पति पत्नीलाई एक्लै छोडेर नमाजका लागि मस्जिदमा समेत पनि जाँदैनन् ।

सलामतको इच्छा रहेको छ कि उनको घरमा छिटो भन्दा छिटो बच्चाको आवाज सुनियोस् । बच्चालाई आफूले खेलाउन पाइयोस् । उनले भने, यदि छोरा जन्मियो भने उसको नाम आन्द्रे राख्ने र छोरी जन्मिएमा पुत्री परमाता सारी राखिनेछ ।
खबरका अनुसार उनीहरु बच्चाका लागि डाक्टरहरुसँग परामर्श लिइरहेका छन् । उनीहरु छिटो भन्दा छिटो अभिभावक बन्न चाहिरहेको बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...