७१ बर्षकी पत्नीमाथि कसैको आँखा लाग्न नदिन १६ बर्षे पति यस्तो काम गर्छन्



विश्वभरमा यस्ता बेमेलका विवाह पनि रहेका छन् जसको जोडी देख्दा र उनीहरुका बारेमा सुन्दा पनि अचम्म लाग्ने गर्दछ । यस्ता जोडीहरु कुनै प्रेम विवाहबाट जोडिएका हुन्छन् भने कुनै पारिवारिक सल्लाहबाट पनि । यस्तै इण्डोनेसियामा केही समय पहिले मात्र एकजना १६ बर्षीया युवकले ७१ बर्षीया महिलासँग विवाह गरेका छन् । उनीहरु हालै मात्र हनीमुन मनाएर गृहस्थान फर्किएका छन् । अब उनीहरुको छिट्टै नै घरमा बच्चा जन्माउने इच्छा रहेको बताएका छन् ।

इण्डोनेसियामा बसोबास गर्दै आएका यि जोडीको प्रेम कहानीमा कयौं विचित्रका कुरा रहेका छन् । उनीहरुको उमेरमा ५५ वर्षको अन्तर रहेको छ । केटा नाबालक नै रहेका छन् भने महिला ७१ बर्षीया र उनको चाहिँ यो तेस्रो बिवाह अनि उनको आपराधिक रेकर्ड हुनु । यस्ता थुप्रै समस्या र चुनौति रहेका थिए उनीहरुको प्रेम कहानीमा ।

तर सलामत र रोहायाले एक अर्काबिना बाँच्नै नसक्ने भएकाले विवाह गर्ने निधो नै गरे । आफूहरुको सम्बन्धको उनका परिवार, समाज र अरु सबैले पनि विरोध गरेपछि उनीहरुले आत्महत्या गर्नेसम्म्का धम्की दिएका थिए र अन्ततः पारिवारिक उपस्थितिमा बिहे गरिछाडे ।

सलामत आफ्नी पत्नीलाई लिएर यति असुरक्षित र सशंकित छन् कि उनी रोहायालाई घरमा एक्लै छोडेर बाहिर जानु परेका बेला ढोकामा बाहिरबाट ताला लगाएर जाने गर्दछन् । ता कि उनकी पत्निलाई अरु बाहिरी पुरुषहरुले आँखा नलगाउन् । कहिलेकाहीँ यि नाबालिग पति पत्नीलाई एक्लै छोडेर नमाजका लागि मस्जिदमा समेत पनि जाँदैनन् ।

सलामतको इच्छा रहेको छ कि उनको घरमा छिटो भन्दा छिटो बच्चाको आवाज सुनियोस् । बच्चालाई आफूले खेलाउन पाइयोस् । उनले भने, यदि छोरा जन्मियो भने उसको नाम आन्द्रे राख्ने र छोरी जन्मिएमा पुत्री परमाता सारी राखिनेछ ।
खबरका अनुसार उनीहरु बच्चाका लागि डाक्टरहरुसँग परामर्श लिइरहेका छन् । उनीहरु छिटो भन्दा छिटो अभिभावक बन्न चाहिरहेको बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
क्यान्सर पुरुषभन्दा महिलामा बढी

  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं