एकै वडाबाट एकसय ४७ मेगावाट विद्युत्



म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १४७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् ।

छिमेकी दानामा निर्माणाधीन अवस्थामा रहेको २२० केभी विद्युत् प्रसारण लाइनको निर्माण कार्य तीव्रगतिमा अगाडि बढेपछि जलविद्युत् उत्पादनमा प्रचुर सम्भावना रहेको नारच्याङमा लामो समयसम्म लाइसेन्स ओगटेर बसेका कम्पनीले समेत लगानी जुटाएर काम शुरु गरेका छन् ।

नारच्याङमा रहेका विभिन्न खोलाबाट धमाधम आयोजनाका काम शुरु भएपछि स्थानीयले रोजगारका अवसरका साथै आर्थिक कारोबारसमेत बढेको छ । नारच्याङमा रोवर्ट्स इनर्जी प्रालिको ४२ मेगावाटको म्रिस्ती खोला जलविद्युत् आयोजनाको दुई हजार ३०० मिटर लामो टनेलमा ९७० मिटर, पावर हाउस, बालुवा थिग्राउने दुईवटा पोखरी, पेनस्टकलगायतका निर्माण कार्यले तीव्रता पाएको छ ।

उता निलगिरि खोलाबाट पहाडको भित्र ड्याम राख्ने निलगिरि खोला हाइड्रोपावरले ६२ मेगावाट र हुवाखोला जलविद्युत् आयोजनाले ३८ मेगावाट उत्पादन लक्ष्यसहित सडक, मजदुरलाई आवासगृहलगायतका संरचना निर्माण कार्य शुरु गरेको छ ।

अन्नपूर्ण बेसक्याम्पको फेदमा बाँध राख्ने तयारी गरिएको आयोजनाले हुवाखोलादेखि छोटेपासम्म ३८ र म्रिस्ती खोला र निलगिरि खोलाको दोभिल्लाबाट ६२ मेगावाट उत्पादनको लक्ष्य राखिएको छ । यी दुवै आयोजना निलगिरि हाइड्रोपावरले सञ्चालन गर्ने अनुमति पाएको छ । त्यस्तै, पाँच मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाले समेत सर्वे, पानी जाँचलगायतका काम गरिरहेको छ ।

“उत्तरी म्याग्दीको विकासमा जलविद्युत् कोशेढुंगा सावित हुनेछ । ऊर्जालाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ” अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर बरुवालले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
९ महिनामा पौने ११ खर्ब रेमिट्यान्स भित्रियो

  चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महिना (साउन–चैत) मा पौने ११

माथिल्लो तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा

  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ६ अर्ब

अर्थतन्त्रका सूचकहरू सकारात्मक बन्दैछन् : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र

सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक थ्रु’

    राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’