हात्तीबाट क्षतिबापत राहत वितरण



हाम्रो इकोनोमि

भद्रपुर । झापामा आर्थिक वर्ष २०७३÷७४ मा जंगली हात्तीबाट क्षतिबापत रु ३९ लाख ९४ हजार २०५ राहतस्वरुप वितरण भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

वन्य जन्तु क्षतिपूर्ति नियमावलीअनुसार झापामा जंगली हात्तीले ज्यान लिएका परिवार, अंगभंग भएका पीडित तथा बालीनाली नष्ट, घर गोठ क्षतिबापत सो राहत वितरण गरिएको हो । झापामा गएको आवमा हात्ती आक्रमणबाट पाँचजनाको ज्यान गएको, सख्त घाइते आठजना र सामान्य घाइते दुईजना भएको प्रमुख वन अधिकृत बोधराज सुवेदीले बताउनुभयो ।

मृतकका परिवारलाई जनही रु पाँच लाखका दरले र घाइतेलाई उपचारबापत प्रतिव्यक्ति रु एक लाखसम्म र घरगोठ क्षतिबापत ३५ परिवारलाई बढीमा रु २० हजारका दरले राहत वितरण गरिएको हो । यसैगरी, सामान्यरुपमा घरगोठ तथा अन्न भण्डारण क्षतिबापत प्रतिपरिवार बढीमा रु १० हजारका दरले आठ परिवारलाई अन्न भण्डारमात्र क्षति भएका तीन परिवारलाई रु ३० हजार, अन्न बाली नोक्सानीबापत नौजनालाई रु ८६ हजार राहत वितरण गरिएको छ ।

वन कार्यालयको विवरणअनुसार हात्तीका कारण क्षति हुने स्थानमा साविक दुवागढी, चन्द्रगढी, गरामनी, पृथ्वीनगर, जलथल, घेरावारी, शान्तिनगर, बुधबारे, बाहुनडाँगी, खुदुनाबारीलगायतका स्थान छन् ।

 

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...