हात्तीबाट क्षतिबापत राहत वितरण



भद्रपुर । झापामा आर्थिक वर्ष २०७३÷७४ मा जंगली हात्तीबाट क्षतिबापत रु ३९ लाख ९४ हजार २०५ राहतस्वरुप वितरण भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

वन्य जन्तु क्षतिपूर्ति नियमावलीअनुसार झापामा जंगली हात्तीले ज्यान लिएका परिवार, अंगभंग भएका पीडित तथा बालीनाली नष्ट, घर गोठ क्षतिबापत सो राहत वितरण गरिएको हो । झापामा गएको आवमा हात्ती आक्रमणबाट पाँचजनाको ज्यान गएको, सख्त घाइते आठजना र सामान्य घाइते दुईजना भएको प्रमुख वन अधिकृत बोधराज सुवेदीले बताउनुभयो ।

मृतकका परिवारलाई जनही रु पाँच लाखका दरले र घाइतेलाई उपचारबापत प्रतिव्यक्ति रु एक लाखसम्म र घरगोठ क्षतिबापत ३५ परिवारलाई बढीमा रु २० हजारका दरले राहत वितरण गरिएको हो । यसैगरी, सामान्यरुपमा घरगोठ तथा अन्न भण्डारण क्षतिबापत प्रतिपरिवार बढीमा रु १० हजारका दरले आठ परिवारलाई अन्न भण्डारमात्र क्षति भएका तीन परिवारलाई रु ३० हजार, अन्न बाली नोक्सानीबापत नौजनालाई रु ८६ हजार राहत वितरण गरिएको छ ।

वन कार्यालयको विवरणअनुसार हात्तीका कारण क्षति हुने स्थानमा साविक दुवागढी, चन्द्रगढी, गरामनी, पृथ्वीनगर, जलथल, घेरावारी, शान्तिनगर, बुधबारे, बाहुनडाँगी, खुदुनाबारीलगायतका स्थान छन् ।

 

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले