नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने



काठमाडौँ । सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मुलुकमा स्तरोन्नति हुने बताइएको छ ।

सोमबार यहाँ कम विकसित मुलुकहरुको नागरिक निगरानी मञ्च (एलडिसी) ले आयोजना गरेको राष्ट्रिय परामर्श गोष्ठीमा राष्ट्रिय योजना आयोगका सहसचिव लालशंकर घिमिरेले उक्त कुरा बताउनुभएको हो ।

सहसचिव घिमिरेका अनुसार आयोगले आफ्नो १२औँ आवधिक योजनामा निर्धारित सन् २०३० सम्मको लक्ष्यभन्दा अघि बढेर १३औँ आवधिक योजनामा सन् २०२२ सम्ममा मुलुकलाई अति कम विकसित मुलुकको समूहबाट स्तरोन्नति गर्ने लक्ष्य निर्धारण गरिसकेको छ ।

त्यसका लागि भ्रष्टाचारको न्यूनीकरण, सुशासन, राजनीतिक स्थिरता ल्याई अधिक विकास र सामाजिक विकासमा जोड दिनुपर्ने पनि घिमिरेको भनाइ छ ।

एलडिसीका अन्तर्राष्ट्रिय संयोजक गौरी प्रधानले २०१७ देखि २०२४ सम्ममा नेपाललगायत केही मुलुक विकासशील मुलुकका रुपमा जाने र त्यसका लागि आर्थिक र सामाजिक विकासले सकारात्मक फड्को मार्नुपर्ने धारणा राख्नुभयो ।

गोष्ठीमा १२ बुँदे नागरिक समाज संगठनको काठमाडौँ घोषणापत्र पनि पारित गरिएको छ ।

घोषणापत्रमा मुख्य गरी निकासी अभिवृद्धिका लागि नेपाल व्यापार एकीकरण रणनीति, २०१६ प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने, उत्पादन तथा पूर्वाधार विकासमा लगानीकर्ताका रुपमा उनीहरुको भूमिकालाई माथि उठाउनका लािग निजी क्षेत्र र विकास साझेदारीलाई जोडदार आह्वान गर्ने, वित्तीय खाडललाई पूर्ति गर्न प्रत्यक्ष वैदेशिक लगानीलाइ आकर्षित गर्न उपयुक्त वातावरण सिर्जना गर्नेजस्ता बुँदा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
गीताप्रेस नेपाल स्थापनाको १० वर्षमा प्रवेश

    गीताप्रेस नेपाल स्थापनाको प्रथम दशकको गौरवमय उत्सवको अवसरमा आयोजित श्रीलिङ्गमहापुराण र

एयर इन्डिया विमान दुर्घटना : पूर्वमुख्यमन्त्रीसहित सबै २४२ यात्रुको मृत्यु

    भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित

दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि थिए

    भारतको अहमदाबादमा दुर्घटना भएको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री समेत सवार भएको खुलेको

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

    भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय