देश रोएको हेर्न गाह्रो भो



हाम्रो इकोनोमि

देश अहिले रोईरहेको छ । यसै बेला हिन्दू महिलाहरुको महान चाड हरितालिका तिज पनि नजिकै आईरहेको छ । यसै सन्दर्भलाई गीतसँग जोडेर विभिन्न सर्जकहरुले तिज गीत बजारमा ल्याईरहेका छन् । देशको मुख्य समस्यालाई आफ्ना सिर्जना मार्फत देशको अवस्थालाई चित्रण गर्न खोजएको छ । नानु सुवेदीले आफूलाई देशको अवस्थाले मनमा छोएकोले मनलाई हलुका पार्नका साथै यसैलाई विषयवस्तु बनाएर गीत लेख्नुभएको छ । हेर्नुहोस उहाँको सिर्जना ।

तराई डुव्यो बाढीले पहाड लग्यो पैरोले
हेलिकप्टर चार्टर गरे हाम्रो पैसोले
चार्टर गर्ने पैसासबै ती जनतालाई पठाइदेऊ
कोसी गण्डक लक्ष्मणपुर बाँध भत्काइदेऊ
कोहिका सिन्दुर पुछिए कोहिभए टुहुरा
वृद्ध अनि अपाङ्गका छैनन् साहारा
कोहि भए घरबार बिहिन कोहिको काख रित्तियो
कोसी गण्डक लक्ष्मणपुरले तराई डुबायो
हिम्मत गरे जनताले सुस्ता बाँध भत्काए
केही मात्रामा भएपनि नेपाल जोगाए
धुर्मुस गए ने . वि . सं . गयो सरकारपनि गयो रे
माहामारिले फेरि तराई छोप्न थाल्यो रे
खाद्य्यान्न पठाउ औषधि पठाउ राम्रो डाक्टर खटाउ
नेपालीलाई दुख दिने बाध हटाउ
बाध हाम्रो नेपालमा रह्यो चावि भारतमा
हिम्मत गर सरकार जनता साथमा
संशोधन प्रस्ताव राख सम्झौतालाई च्यातेर
राष्ट्र घाति काम नगर जनता ढाँटेर
पिरपरेछ मनमा थोरै अक्षर कोरेको
हेर्न सारै गार्‍हो भो देश रोएको

 

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...