लिलीको दमदार कविता



हाम्रो इकोनोमि

शब्द संयोजन गरेर मिठास दिन सिपालु लिलिपुत गिरी कविता लेख्नमा माहिर छिन। सामान्य बिषयलाई पनि साहित्य मार्फत गहकिलो बनाउने क्षमता छ उनमा। उनले रचना गरेको कविता उपर्युक्त लागेर प्रकाशित गरेका छौ।

नसुस्ताएकाे कहाँ हाे र
म ,तिम्रो त्यो पिरतिकाे छहारीमा ।
नमिसाएकाे कहाँ हाे र
मेरा भावनाहरू तिम्रा
ती भंगालाे र खहरेहरूमा ।।

खाेई, किन हाे कुन्नि पाईन
शितल र सामिप्य त्यो तिम्रो छायाँमा
मिलावट पाे भयाे कि कुन्नि
हकदाबि गरिएकाे मायाकाे काँयामा ।।

विश्वास र भ्रमकाे दैलाे खाेल्दै खाेलिन
सायद,
त्यसैले पाे हाे कि तिम्रो वरपर
स्वयंकाे उपस्थित कसै गरि
जनाउनै सकिन ।।

प्रयासरत छु ,
त्याे मायाकाे भुङ्गर्ाे
चाँदनी बनाेस मेरा लागि
लाखौं ताराहरू बिचकाे
जुन झै हुनसकु याे अभागी ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...