एक बालिकाको बलात्कारपश्चात् हत्या



हाम्रो इकोनोमि

महेन्द्रनगर । धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ ।

जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो ।

पीडित परिवारका अनुसार मंगलबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला धनुषाको बेला बस्ने ४० वर्षीय रामचन्द्र महतो नुनियाले बलात्कारपश्चात् हत्या गरेको आरोप लगाइएको छ ।

आरोपित रामचन्द्र विगत तीन वर्षदेखि आफ्नो परिवारसहित त्यही घरमा भाडामा बस्दै आएका थिए । घरमा विविकाकी आमा विमलादेवी साह र नौ वर्षकी बहिनी पुष्पा र दुई वर्षका एक भाइ छन् भने बुबा कृष्णदेवको मृत्यु भइसकेको छ । मंगलबार दिउँसो ४ बजे विविकाकी आमा किनमेल गर्न बजार गएको बेला उक्त घटना भएको बताइएको छ ।

दुई दिदिबहिनी घरमा मात्र भएको देखेर रामचन्द्रले बहिनी पुष्पालाई केही किनेर ल्याउ भनेर पसलमा पठाएका थिए । पुष्पाका अनुसार आफू पसलबाट फर्केलगत्तै घरको मूल ढोकामा आउँदा दिदीले चिच्याइरहेकाको आवाज सुनेको बताइन् । पुष्पाले भनिन्– “मैले ढोका ढक्ढकाएँ खोल्न भनि चिच्याएँ तर ढोका खोलिएन अनि एकछिन पछि दिदीको आवाज आउन रोकियो ।”

पुष्पाले चिच्याएको सुनेर वरिपरिका छिमेकी जम्मा भए र त्यतिबेलासम्म आमा विमला पनि आइसकेकी थिइन् । सबैले ढोका फुटाउन खोजेपछि रामचन्द्रले ढोका खोले । ढोका खोलिएपछि जम्मा भएका सबै छिमेकीसहितले विविकालाई घरभित्र खोज्दा कतै भेटिएन पछि कसैको नजर रामचन्द्र बस्ने कोठाको ओछ्यान छेउमा रहेको जस्ताको बाकसमा पर्न गयो र त्यो खोल्न थालेपछि रामचन्द्रले पहिले खोल्न दिइरहेका थिएनन् अनि झन शंका लागेर त्यो बाकस जबर्जस्ती खोलेपछि त्यसमा सिरकमा बेरेर विविकाको शव लुकाइएको अवस्थामा भेटियो ।

घटनाबारे सबै झर्लङ्गै थियो । स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले घटनाको प्रकृति मुचुल्कापश्चात् शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाए र रामचन्द्र र उनकी श्रीमती पवितालाई पक्राउ गरेको छ ।

प्रहरीले बलात्कारपश्चात् घाँटी थिचेर हत्या गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...