एक बालिकाको बलात्कारपश्चात् हत्या



महेन्द्रनगर । धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ ।

जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो ।

पीडित परिवारका अनुसार मंगलबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला धनुषाको बेला बस्ने ४० वर्षीय रामचन्द्र महतो नुनियाले बलात्कारपश्चात् हत्या गरेको आरोप लगाइएको छ ।

आरोपित रामचन्द्र विगत तीन वर्षदेखि आफ्नो परिवारसहित त्यही घरमा भाडामा बस्दै आएका थिए । घरमा विविकाकी आमा विमलादेवी साह र नौ वर्षकी बहिनी पुष्पा र दुई वर्षका एक भाइ छन् भने बुबा कृष्णदेवको मृत्यु भइसकेको छ । मंगलबार दिउँसो ४ बजे विविकाकी आमा किनमेल गर्न बजार गएको बेला उक्त घटना भएको बताइएको छ ।

दुई दिदिबहिनी घरमा मात्र भएको देखेर रामचन्द्रले बहिनी पुष्पालाई केही किनेर ल्याउ भनेर पसलमा पठाएका थिए । पुष्पाका अनुसार आफू पसलबाट फर्केलगत्तै घरको मूल ढोकामा आउँदा दिदीले चिच्याइरहेकाको आवाज सुनेको बताइन् । पुष्पाले भनिन्– “मैले ढोका ढक्ढकाएँ खोल्न भनि चिच्याएँ तर ढोका खोलिएन अनि एकछिन पछि दिदीको आवाज आउन रोकियो ।”

पुष्पाले चिच्याएको सुनेर वरिपरिका छिमेकी जम्मा भए र त्यतिबेलासम्म आमा विमला पनि आइसकेकी थिइन् । सबैले ढोका फुटाउन खोजेपछि रामचन्द्रले ढोका खोले । ढोका खोलिएपछि जम्मा भएका सबै छिमेकीसहितले विविकालाई घरभित्र खोज्दा कतै भेटिएन पछि कसैको नजर रामचन्द्र बस्ने कोठाको ओछ्यान छेउमा रहेको जस्ताको बाकसमा पर्न गयो र त्यो खोल्न थालेपछि रामचन्द्रले पहिले खोल्न दिइरहेका थिएनन् अनि झन शंका लागेर त्यो बाकस जबर्जस्ती खोलेपछि त्यसमा सिरकमा बेरेर विविकाको शव लुकाइएको अवस्थामा भेटियो ।

घटनाबारे सबै झर्लङ्गै थियो । स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले घटनाको प्रकृति मुचुल्कापश्चात् शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाए र रामचन्द्र र उनकी श्रीमती पवितालाई पक्राउ गरेको छ ।

प्रहरीले बलात्कारपश्चात् घाँटी थिचेर हत्या गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले