सरकारी सूचना राष्ट्रिय पोर्टलमा



काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले सरकारी कार्यालय तथा संवैधानिक निकायका सेवा तथा सूचनालाई राष्ट्रिय पोर्टलमा व्यवस्थित गर्न शुरु गरेको छ ।

मुलुकमा विभिन्न सरकारी मन्त्रालयबाट भए गरेका कार्य तथा सर्वसाधारणलाई सम्बन्धित कार्यालयका सूचना राष्ट्रिय पोर्टलमा अभिलेख गरिएको छ । इन्टरप्राइजेज सोलुसन कम्पनीले विकास गरेको सफ्ट्वेयरमार्फत केन्द्रले धधध।लभउब।िनयख।लउ नामक वेबसाइट सञ्चालनमा ल्याएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेलो सरकार, आन्तरिक राजश्व विभाग, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नेपाल राष्ट्र बैंक वैदेशिक विनिमय विभाग र सार्वजनिक खरिद अनुगमन कार्यालय र लोकसेवा आयोगका सूचना, नगरपालिकाका नक्सा, निजामती किताबखानाका कर्मचारी सम्पत्ति विवरणलगायत सेवा तथा सूचना उक्त पोर्टलमा समावेश गरिएको छ । राष्ट्रिय समाचार समितिले यही साउन १ गतेदेखि प्रकाशनमा ल्याएका बुलेटिनसमेत पोर्टलमा राखिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सञ्जय शर्माले पोर्टलको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक लगानी वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विभिन्न मन्त्रालय, सरकारी कार्यालय तथा संवैधानिक निकायका प्राविधिकलाई राष्ट्रिय पोर्टल सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक सीप र ज्ञानका बारे प्रशिक्षक कृष्ण पाण्डे र वासुदेव राउतले जानकारी गराउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक प्रणिता उपाध्याय, सूचना तथा सञ्चार मन्त्रालयका इ मनिष मल्लिकलगायतले समयसापेक्ष सूचना अद्यावधिक गरी सेवाग्राहीलाई उपलब्ध गराउन सकेमा सुशासनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । केन्द्रका उपनिर्देशक सुनिल पौडेलले सो विषयलाई राम्रोसँग बुझाउन सहयोगी कक्ष सञ्चालन गरिने जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
क्यान्सर पुरुषभन्दा महिलामा बढी

  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं