जानकारी बिना लोडसेडिंग गराए ५ लाख जरिवाना गर्ने कानुन बन्यो,के गर्छन अब कुलमान?



हाम्रो इकोनोमि

मन लाग्दी सनकको भरमा लोडसेडिंग गरे पाच लाख सम्मको जरिवाना गराउने नियम पारित भएको छ। नेपाल बिधुत प्राधिकरणले अब सचेतता अपनाउदै जानकारी सहित मात्र विद्युत सेवा अवरुद्ध गर्न पाउछ।
पूर्व सूचना नदिई विद्युत सेवा अवरुद्ध गरेमा विद्युत उत्पादक, प्रसारक, वितरण तथा व्यापार गर्ने संस्थालाई समेत कारवाही हुने व्यवस्था भएको विद्युत नियमन आयोग विधेयक, २०७४ आज संसदले पारित गरेको छ। यो विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेको ९१ औँ दिनदेखि लागू हुनेछ।

जलविद्युत व्यापारको नियमनका लागि छुट्टै निकाय गठन गर्न आयोग गठन विधेयक पारित भएको हो। आयोगले विद्युत महसुल निर्धारणदेखि विद्युत व्यापार नियमनसम्मको अधिकार पाउनेछ।
‘आयोगले दफा १७ को उपदफा ३ वा दफा ३७ बमोजिमको आदेश वा निर्देशन, दफा १८ को उपदफा २ बमोजिमको निर्णय वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिमको कुनै विषय पालना नगर्ने वा पूर्व सूचना नदिई विद्युत सेवा अवरुद्ध गर्ने वा गराउने अनुमतिपत्र प्राप्त व्यक्तिलाई पाँच लाख रुपियाँसम्म जरिवाना हुनेछ।’ विधेयकको दफा १९ मा भनिएको छ।

प्रतिक्रिया दिनुहोस
रित्तो सिलिन्डर बोकेर बालेन सरकारविरुद्ध प्रदर्शन

  खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर...

भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...