लगातारको वर्षाले जनकपुर जलमग्न



धनुषा । बुधबार रातिदेखि परिरहेको वर्षाले जनकपुर उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ ।

लगातारको भारी वर्षाका कारण जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमी मैदान, जनकपुर अञ्चल अस्पताल, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको हो ।

जनकपुर मिथिलाको प्राचीन एवं ऐतिहासिक नगरीका रुपमा परिचित जनकपुरमा खाल्टाखुल्डी सडक, ढलको उचित निकास र फोहर व्यवस्थापन मुख्य समस्याका रुपमा रहेको छ । हाल एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजना काम सुस्तगतिमा भइरहेका कारण नालामा पानीको निकास नहुँदा राष्ट्रिय समाचार समिति, हुलाक, मालापोत, नापी, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषालगायतका सरकारी कार्यालय र आनन्दनगर, बलवा टोल, देवी चोक क्षेत्र डुबानमा परेको छ ।

लगातार १४ घण्टा भएको मुसलधारे वर्षाका कारणले गर्दा सडक जलमग्न बनेको छ । सम्बन्धित निकायले ध्यान नदिएका कारण जनकपुर फोहोरले भरिएको छ । जनकपुरको मुख्य समस्या समाधानका लागि एसियाली विकास बैंक र स्थानीय लगानीमा एकीकृत सहरी विकास आयोजना लागू भएको छ । जनकपुरवासी त्यो योजना लागू भई अनुहार फेरिने प्रतिक्षामा छन् ।

नगरभित्र २६ किमी मुख्य सडक, पाँच किमी सहायक सडक, ३० किमी ढल निर्माण र फोहोर व्यवस्थापनका लागि सुविधासम्पन्न ल्याण्डफिल साइट निर्माण गरिनेछ ।

पाँच वर्षभित्र जनकपुरमा रु २० करोडभन्दा बढी रकम खर्चिए पनि कर्मचारी, दलीय संयन्त्र र उपभोक्ता समितिको मिलेमतोमा अनियमितता भएकै कारण यहाँको विकास निर्माण हुन नसकेको परिवर्तनका लागि युवा संस्थाका संयोजक सुशील कर्णले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
क्यान्सर पुरुषभन्दा महिलामा बढी

  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं