प्रदेशमा होटल उद्योगको संभावनाबारे छलफल



हाम्रो इकोनोमि

काठमाडौँ । मुलुक संघीयतामा प्रवेश गरेपछि प्रदेशमा होटल क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले होटल सङ्घ नेपाल हानले सम्बन्धित क्षेत्रका व्यवसायीसँग छलफल शुरु गरेको छ ।

प्रदेशअन्तर्गत रहेका होटल उद्योगको विकास र विस्तारका लागि सङ्घलाई पनि प्रादेशिक संरचनामा लैजान र उसको भूमिकालाई थप प्रभावकारी बनाउन छलफल थालिएको हो ।

प्रदेश नं ५ को नेपालगञ्ज ९बाँके०मा होटल क्षेत्रमा लगानीको सम्भावना र व्यावसायिक दायित्वबारे क्षेत्रीयस्तरमा अन्तरक्रिया गरिएको हानका महासचिव विनायक शाहले जानकारी दिनुभयो ।

प्रदेशमा आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्र भएको र होटल व्यवसायबाट चाँडो प्रतिफल आउने भएकाले ती क्षेत्रमा लगानीको अवस्था के छ र सरकारको भूमिका कस्तो हुने हो भन्नेबारे छलफल भएको उहाँले बताउनुभयो ।

सङ्घले विधान संशोधन गरेर प्रादेशिक संरचनाअनुरुप बनाउने आफ्नो योजना र लगानीको अवसरबारे सरकारलाई अवगत गराइसकेको हानले जनाएको छ ।

बाँके, बर्दियालगायत क्षेत्रका होटल तथा पर्यटन व्यवसायीको भेलाबाट होटल स्नेहाका सञ्चालक असितशम्शेर जबराको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय होटल सङ्घ नेपालगञ्ज तदर्थ कार्यसमिति गठन गरिएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

उक्त भेलामा महासचिव शाहले होटल उद्योगको सम्भावना र चुनौतीका विषयमा प्रकाश पार्नुभयो भने कोषाध्यक्ष सुनिल शाक्यले वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै हालको विमानस्थल व्यवस्थापनको सुधारमा जोड दिनुभयो ।

सङ्घको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २४ गते सङ्घका अध्यक्ष अमरमान शाक्यको अध्यक्षतामा नेपालगञ्जमा सम्पन्न भएको थियो ।

होटलहरुको छाता संगठन होटल सङ्घ नेपालले विगत पाँच दशकदेखि होटल तथा समग्र पर्यटन उद्योगको विकास र उत्थानका लागि सक्रिय भूमिका खेल्दै आएको छ ।

यसैबीच हानले सीमा पर्यटनको विकासबारे प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गर्नुअघि उहाँलाई भेटेर जानकारी गराउने भएको छ ।

हानका अनुसार ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान०, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाट्टा लगायत संस्थासँग भोलि शुक्रबार छलफल गरी नेपाल–भारत पर्यटन प्रवद्र्धनबारेको अवधारणा पत्रलाई प्रधानमन्त्रीलाई बुझाइने छ ।

सरकारी विवरणअनुसार अहिले मुलुकभर एकहजार दुई सय भन्दा बढी होटल रहेका छन् । अहिले होटलको शय्या संख्या ४० हजार रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...