प्रदेशमा होटल उद्योगको संभावनाबारे छलफल



काठमाडौँ । मुलुक संघीयतामा प्रवेश गरेपछि प्रदेशमा होटल क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले होटल सङ्घ नेपाल हानले सम्बन्धित क्षेत्रका व्यवसायीसँग छलफल शुरु गरेको छ ।

प्रदेशअन्तर्गत रहेका होटल उद्योगको विकास र विस्तारका लागि सङ्घलाई पनि प्रादेशिक संरचनामा लैजान र उसको भूमिकालाई थप प्रभावकारी बनाउन छलफल थालिएको हो ।

प्रदेश नं ५ को नेपालगञ्ज ९बाँके०मा होटल क्षेत्रमा लगानीको सम्भावना र व्यावसायिक दायित्वबारे क्षेत्रीयस्तरमा अन्तरक्रिया गरिएको हानका महासचिव विनायक शाहले जानकारी दिनुभयो ।

प्रदेशमा आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्र भएको र होटल व्यवसायबाट चाँडो प्रतिफल आउने भएकाले ती क्षेत्रमा लगानीको अवस्था के छ र सरकारको भूमिका कस्तो हुने हो भन्नेबारे छलफल भएको उहाँले बताउनुभयो ।

सङ्घले विधान संशोधन गरेर प्रादेशिक संरचनाअनुरुप बनाउने आफ्नो योजना र लगानीको अवसरबारे सरकारलाई अवगत गराइसकेको हानले जनाएको छ ।

बाँके, बर्दियालगायत क्षेत्रका होटल तथा पर्यटन व्यवसायीको भेलाबाट होटल स्नेहाका सञ्चालक असितशम्शेर जबराको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय होटल सङ्घ नेपालगञ्ज तदर्थ कार्यसमिति गठन गरिएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

उक्त भेलामा महासचिव शाहले होटल उद्योगको सम्भावना र चुनौतीका विषयमा प्रकाश पार्नुभयो भने कोषाध्यक्ष सुनिल शाक्यले वित्तीय प्रतिवेदन प्रस्तुत गर्दै हालको विमानस्थल व्यवस्थापनको सुधारमा जोड दिनुभयो ।

सङ्घको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २४ गते सङ्घका अध्यक्ष अमरमान शाक्यको अध्यक्षतामा नेपालगञ्जमा सम्पन्न भएको थियो ।

होटलहरुको छाता संगठन होटल सङ्घ नेपालले विगत पाँच दशकदेखि होटल तथा समग्र पर्यटन उद्योगको विकास र उत्थानका लागि सक्रिय भूमिका खेल्दै आएको छ ।

यसैबीच हानले सीमा पर्यटनको विकासबारे प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गर्नुअघि उहाँलाई भेटेर जानकारी गराउने भएको छ ।

हानका अनुसार ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान०, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाट्टा लगायत संस्थासँग भोलि शुक्रबार छलफल गरी नेपाल–भारत पर्यटन प्रवद्र्धनबारेको अवधारणा पत्रलाई प्रधानमन्त्रीलाई बुझाइने छ ।

सरकारी विवरणअनुसार अहिले मुलुकभर एकहजार दुई सय भन्दा बढी होटल रहेका छन् । अहिले होटलको शय्या संख्या ४० हजार रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
क्यान्सर पुरुषभन्दा महिलामा बढी

  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं