झापामा पशुजन्य पदार्थ उत्पादन वृद्धि



हाम्रो इकोनोमि

झापा । झापामा तुलनात्मक रुपमा पशुजन्य पदार्थको उत्पादन विगतको भन्दा उल्लेखनीयरुपमा वृद्धि भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।  वार्षिक औसत वृद्धिदर दुग्ध ६।४१, मासु ३।५ र फुल ५।५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा दुग्ध ९३ हजार ५५ मेट्रिक टन उत्पादन भएकामा गत आवमा ९९ हजार १०३ मेट्रिक टन, अघिल्लो आवमा मासु १३ हजार ५४३ मेट्रिक उत्पादन भएकामा गएको आवमा १४ हजार १७ मेट्रिक टन र अघिल्लो आवमा एक करोड ९५ लाख ४४ हजार वटा अण्डा उत्पादन भएकामा गएको आवमा दुई करोड पाँच लाख ९९ हजार वटा उत्पादन भएको पशु चिकित्सक कुमारसिंह खत्रीले बताए ।

पशुजन्य पदार्थको उत्पादन बढाउन जिल्ला पशुसेवा कार्यालयले र छ वर्षे आवधिक जिल्ला योजना तयार गर्नुका साथै दुग्ध उत्पादन बढाउन गाईपालन व्यवसाय र मासु उत्पादन वृद्धि गर्न बाख्रा र बंगुरपालन व्यवसायलाई उच्च प्राथमिकता दिई योजना सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...